डीआईजी आचार्यको स्पष्टीकरण- तीनकुनेमा राजावादीको प्रदर्शन हुँदा कुनै घरको छतमा प्रहरी थिएन « Khabarhub

डीआईजी आचार्यको स्पष्टीकरण- तीनकुनेमा राजावादीको प्रदर्शन हुँदा कुनै घरको छतमा प्रहरी थिएन


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले गत शुक्रबार दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनमा भएको हिंसाका क्रममा कुनै पनि घरको छतमा सुरक्षाकर्मी नचढेको जनाएको छ ।

प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै तीनकुनेका कुनै पनि घरको छतमा पसेर टियर ग्यास नहानिएको जवाफ दिएका हुन् ।

‘प्रहरी टोलीका सदस्य तीनकुनेका कुनै पनि घरको छतमा त्यस दिन पसेका थिएनन्’, उनले भने, ‘जहाँसम्म टियर ग्यास हानेको कुरा छ । यसमा बुझ्नुपर्ने प्राविधिक कुरा के हो भने टियर ग्यास जहिल्यै तलबाट माथि हानिन्छ । माथि हानिएपछि टियर ग्यासको गोला तल आएर खस्छ । गोली चाहिँ सीधा हान्ने हो ।’

शुक्रबारको प्रदर्शन हिंसात्मक हुनुको मुख्य कारण नै दुर्गा प्रसाईं भएको आचार्यले बताएका छन् ।

डीआईजी आचार्यले पत्रकार सुरेश रजक थुनिएको तीनकुनेस्थित मार्बल हाउसमा राजावादीले दमकल समयमै पुग्न नदिँदा बचाउन नसकिएको उल्लेख गरे ।

‘सुरेश रजकलाई बचाउन सकिन्थ्यो तर राजावादीले दमकल छिर्नै दिएनन्’, उनले भने, ‘आगो निभाउन गएको दमकलमाथि उल्टै तोडफो गरियो । त्यहीकारण रजकलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन ।’

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ०८ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका