डीआईजी आचार्यको स्पष्टीकरण- तीनकुनेमा राजावादीको प्रदर्शन हुँदा कुनै घरको छतमा प्रहरी थिएन « Khabarhub

डीआईजी आचार्यको स्पष्टीकरण- तीनकुनेमा राजावादीको प्रदर्शन हुँदा कुनै घरको छतमा प्रहरी थिएन


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले गत शुक्रबार दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनमा भएको हिंसाका क्रममा कुनै पनि घरको छतमा सुरक्षाकर्मी नचढेको जनाएको छ ।

प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै तीनकुनेका कुनै पनि घरको छतमा पसेर टियर ग्यास नहानिएको जवाफ दिएका हुन् ।

‘प्रहरी टोलीका सदस्य तीनकुनेका कुनै पनि घरको छतमा त्यस दिन पसेका थिएनन्’, उनले भने, ‘जहाँसम्म टियर ग्यास हानेको कुरा छ । यसमा बुझ्नुपर्ने प्राविधिक कुरा के हो भने टियर ग्यास जहिल्यै तलबाट माथि हानिन्छ । माथि हानिएपछि टियर ग्यासको गोला तल आएर खस्छ । गोली चाहिँ सीधा हान्ने हो ।’

शुक्रबारको प्रदर्शन हिंसात्मक हुनुको मुख्य कारण नै दुर्गा प्रसाईं भएको आचार्यले बताएका छन् ।

डीआईजी आचार्यले पत्रकार सुरेश रजक थुनिएको तीनकुनेस्थित मार्बल हाउसमा राजावादीले दमकल समयमै पुग्न नदिँदा बचाउन नसकिएको उल्लेख गरे ।

‘सुरेश रजकलाई बचाउन सकिन्थ्यो तर राजावादीले दमकल छिर्नै दिएनन्’, उनले भने, ‘आगो निभाउन गएको दमकलमाथि उल्टै तोडफो गरियो । त्यहीकारण रजकलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन ।’

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ०८ बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना