तीनकुनेमा राजावादीको प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न थप सातजना समातिए | Khabarhub Khabarhub

तीनकुनेमा राजावादीको प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न थप सातजना समातिए


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार काठमाडौंको तीनकुने नवराज सुवेदीको र दुर्गा प्रसाईको अगुवाइमा भएको राजावादीको प्रदशर्नका क्रममा तोडफोड र आगनजीमा संलग्न थप सातजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निषेधित क्षेत्र तोड्ने नाममा प्रहरीमाथि ढु‌ङ्गामुढा, लाठी, फलामका रड, घरेलु हतियारसमेतले सुरक्षाकर्मीलाई आक्रमण र हातहतियारसमेत खोस्ने काममा संलग्न उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।  

उनीहरू दलका कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारिक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारणस्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा तोडफोड, आगजनीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यो समूहले निजी घर नगद, जिन्सी सरसामानमा क्षति पुर्‍याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधननमा पनि आगजनी गरेको प्रहरीको भनाइ छ

मानिसको ज्यानै लिनेसमेतका आपराधिक कार्यमा संलग्न थप ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एपसपी अपीलराज बोहराले बताए । उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरूमध्ये एकजनालाई राज्यविरुद्धको अपराध अभियोगमा मुद्दा चलाइने भएको छ । बाँकी ६ जनालाई अपराधिक उपद्रव कसूर अन्तर्गत मुद्दा चलाउन लागिएको बोहराले बताए ।

को को पक्राउ परे ?

रुपन्देहीको देवदह नगरपालिका-९ घर भएका ४७ वर्षका प्रेम थापा मगर ।

झापाको गौरादह नगरपालिका-१ गौरादह घर भएका २१ वर्षका समिर मगर ।

रामेछापको सुनापाति गाउँपालिका-१ घर भएका २२ वर्षका सुरेश गौतम ।

ताप्लेजुङको फुङलिङ नगरपालिका-३ घर भएका २३ वर्षका सुशील बराल ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षका रमेश राई ।

अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षका गोकर्ण शाही ।

संखुवासभाको पाचँखपन नगरपालिका-२ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३९ वर्षका मुकुन्द दाहाल ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ५९ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित