तीनकुनेमा राजावादीको प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न थप सातजना समातिए « Khabarhub

तीनकुनेमा राजावादीको प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न थप सातजना समातिए


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार काठमाडौंको तीनकुने नवराज सुवेदीको र दुर्गा प्रसाईको अगुवाइमा भएको राजावादीको प्रदशर्नका क्रममा तोडफोड र आगनजीमा संलग्न थप सातजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निषेधित क्षेत्र तोड्ने नाममा प्रहरीमाथि ढु‌ङ्गामुढा, लाठी, फलामका रड, घरेलु हतियारसमेतले सुरक्षाकर्मीलाई आक्रमण र हातहतियारसमेत खोस्ने काममा संलग्न उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।  

उनीहरू दलका कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारिक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारणस्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा तोडफोड, आगजनीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यो समूहले निजी घर नगद, जिन्सी सरसामानमा क्षति पुर्‍याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधननमा पनि आगजनी गरेको प्रहरीको भनाइ छ

मानिसको ज्यानै लिनेसमेतका आपराधिक कार्यमा संलग्न थप ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एपसपी अपीलराज बोहराले बताए । उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरूमध्ये एकजनालाई राज्यविरुद्धको अपराध अभियोगमा मुद्दा चलाइने भएको छ । बाँकी ६ जनालाई अपराधिक उपद्रव कसूर अन्तर्गत मुद्दा चलाउन लागिएको बोहराले बताए ।

को को पक्राउ परे ?

रुपन्देहीको देवदह नगरपालिका-९ घर भएका ४७ वर्षका प्रेम थापा मगर ।

झापाको गौरादह नगरपालिका-१ गौरादह घर भएका २१ वर्षका समिर मगर ।

रामेछापको सुनापाति गाउँपालिका-१ घर भएका २२ वर्षका सुरेश गौतम ।

ताप्लेजुङको फुङलिङ नगरपालिका-३ घर भएका २३ वर्षका सुशील बराल ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षका रमेश राई ।

अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षका गोकर्ण शाही ।

संखुवासभाको पाचँखपन नगरपालिका-२ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३९ वर्षका मुकुन्द दाहाल ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : ५९ बजे

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला