आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य « Khabarhub

आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल च्यालेन्जर बेङ्गलुरु (आरसिबी)ले गुजरात टाईटन्ससामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एम. चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङ गरेको बेङ्गलुरुले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन बनाएको हो ।

बेङ्गलुरुका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाए । ४० बलको सामना गरेका उनले एक चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै जितेश शर्माले २१ बलमा ३३ रन बनाउँदा विराट कोहली सात रनमा आउट भए । टिम डेभिडले १८ बलमा ३२ रन बनाउँदा कप्तान रजत पाटीदारले १२ रन मात्र बनाउन सके ।

गुजरातका लागि मोहम्मद सिराजले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । त्यस्तै साई किशोरले २ तथा प्रसिद कृष्ण, इशान्त शर्मा, अरशद खानले एक एक विकेट लिए ।

बेङ्गलुरुले आफ्नो पहिलो खेलमा कोलकातालाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराएको थियो । बेङ्गलुरु ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गुजरातले दुई खेलमा एउटा जीत र अर्कोमा हार बेहोरेको छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित हुँदा दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो । गुजरात २ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : ४१ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका