आज २०८२ साल वैशाख १९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख १९ गते शुक्रबारको राशिफल


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १९ गते शुक्रबार। वैशाख शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे २ तारिख। शंकराचार्यको जन्मजयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशको लगानीमा मन आकर्षित हुनेछ। राज्यका तर्फबाट तपाईंको काममा सहयोग मिल्नेछ।

वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। बोल्दा सचेत बन्नुपर्नेछ। रोगबाट मुक्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र स्वास्थ्यको लगानी सफल बन्नेछ।

मिथुन : मन खुशी हुने दिन छ। धनस्थानमा मंगल बसेकाले अनुत्पादित क्षेत्रमा खर्च हुने जोखिम छ। खर्च कटौती गर्नु राम्रो हुनेछ। धार्मिक यात्रा हुनेछ। परिवारसँग रमाइलो घुमघाम तय हुनेछ।

कर्कट : शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। दाजुभाइसँगको सम्बन्ध स्ुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। अनुत्पादित क्षेत्रमा खर्च बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट मन शान्त बन्नेछ। संयुक्त लगानी गर्दा फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारको उन्नति देखेर मनमा हौसला बढ्नेछ। साथीभाइको साथमा तपाईंको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम गर्दा सफलता मिल्नेछ। परिवारको साथमा लक्ष्यमा पुग्ने योग छ।

विश्चिक : दिन सामान्य छ। काममा बोझ थपिने छ। मनमा शान्ति प्राप्त गर्न धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दिन सामान्य छ। साथीभाइसँग बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रको उचाइमा अवरोध हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गहिरो अध्ययनको आवश्यकता देखिन्छ। विपक्षी साथीलेसमेत तपाईंलाई साथ दिने भएकाले धैर्य भएर काम गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनुको साथै स्वास्थ्यमा समस्या हुनसक्छ। आफन्तबाट अपमानित शब्द सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : दैनिकी भन्दा बढी काम गर्नुपर्नेछ। बलले भन्दा बुद्धिले कामलाई सफल बनाउनुपर्ने दिन छ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्र्धी समस्या बढ्नसक्छ। प्राविधिक शिक्षामा भने उन्नति हुनेछ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका