कलिंगा इन्स्टिच्युटमा अध्ययनरत प्रिशा मृत्युबारे निष्पक्ष छानबिन गर्न नेपाली दूतावासको अपिल « Khabarhub

कलिंगा इन्स्टिच्युटमा अध्ययनरत प्रिशा मृत्युबारे निष्पक्ष छानबिन गर्न नेपाली दूतावासको अपिल


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतस्थित नेपाली राजदूतावासले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीको मृत्युबारे इन्स्टिच्युटका पदाधिकारीलाई बोलाएर घटनाबारे जानकारी लिएको बताएको छ ।

घटनाका सम्बन्धमा राजदूत डा. शंकर शर्माले उडिसाका मुख्य मन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटना प्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरिएको शुक्रबार दूतावासद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतस्थित नेपाली राजदूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार साथै उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ ।
‘घटनाबारे जानकारी प्राप्त हुनासाथ यस राजदूतावासले उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालासँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्यनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको थियो ।’ राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
घटना सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट राजदूतावासलाई आवश्यक निर्देशन प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ – ‘राजदूतावासले मृतकका परिवारसँग निरन्तर सम्पर्क गरिरहेको छ ।’

स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नेपाली विद्यार्थी प्रिशा साह इन्स्टिच्युटको छात्रावासस्थित कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनासम्बन्धी जानकारी दूतावासले बिहीबार प्राप्त गरेको जानकारी गराएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १२ : ३९ बजे

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा