भारतले भन्यो- केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा मृत भेटिएकोबारे अनुसन्धान हुँदैछ « Khabarhub

भारतले भन्यो- केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा मृत भेटिएकोबारे अनुसन्धान हुँदैछ


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको निधनप्रति भारत सरकारले दुःख व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कठिन घडीमा हामी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

भारतीय विदेश मन्त्रालयले घटनाबारे जानकारी प्राप्त हुनासाथ ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।

ओडिशा राज्य सरकारले मृतकका परिवारलाई पूर्ण सहयोग प्रदान गरेको जानकारी दिएको वक्तव्यमा उल्लेख छ ।

ओडिशा प्रहरीले अहिले उक्त घटनाको विस्तृत अनुसन्धानमा संलग्न रहेको जानकारी दिएको पनि भारतीय विदेश मन्त्रालयले भनेको छ ।

भारत सरकार र विश्वविद्यालय प्रशासन सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, भलाइ र हितप्रति संवेदनशील रहेको मन्त्रालयले जनाएको छ।

‘हामी यस विषयमा तत्कालै सूचना आदान–प्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार र केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

बिहीबार मात्रै स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नेपाली विद्यार्थी प्रिशा साह इन्स्टिच्युटको छात्रावासस्थित कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यस घटनासम्बन्धी जानकारी दूतावासले बिहीबार प्राप्त गरेको जानकारी गराएको छ । यसअघि उक्त इन्स्टिच्युटमै अध्ययनरत बुटवलकी अर्की नेपाली विद्यार्थी पनि मृत भेटिएकी थिइन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ०६ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण