नीति तथा कार्यक्रममार्फत सरकारले भन्यो- सहकारी नीतिको पुनरावलोकन गर्ने « Khabarhub

नीति तथा कार्यक्रममार्फत सरकारले भन्यो- सहकारी नीतिको पुनरावलोकन गर्ने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने हिसाबले सरकारले सो क्षेत्रको नीतिकै पुनरावलोकन गर्ने विषयलाई नीति तथा कार्यक्रममार्फत अगाडि सारेको छ ।

‘सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने र समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने सरकारले नीति तथा कार्यक्रममा अगाडि सारेको छ ।

साथै, नीति तथा कार्यक्रममा सहकारी ऋण, सूचना, बचत सुरक्षण तथा ऋण असुली न्यायाधिकरण स्थापना गरिने समेत समेटिएको छ । साथै, सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी र गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल