नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ?  « Khabarhub

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ? 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आव ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संघीय संसद् भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा शहरी विकासका विभिन्न विषय समेटिएका छन् । उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई बस्न लायक सफा शहरका रूपमा विकास गर्ने, सहरीकरण व्यवस्थित रूपमा अघि बढाउने,  उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहको सरकारको समन्वय राम्रो बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएको थियो । ती विषय नीति तथा कार्यक्रममा समावेश भएका छन् ।

नीति तथा कार्यक्रममा के छ ?
आपत्कालीन आवास तथा  आवासविहीन परिवारका लागि आवास निर्माणात्मक कार्यलाई निरन्तरता दिने । 

-कमजाेर र अव्यवस्थित शहरि क्षेत्रको एकीकृत विकास गरिने 
-काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारको काम गरिने ।
-भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सभा हल, मनोरञ्जन पार्कका रूपमा विकास गर्ने । शहरी पूर्वाधारका लागि थप पूँजी परिचालन गर्न नगर विकास काेषलाई पुनर्संरचना गर्दै यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूकाेबीचमा वितरण गरिनेछ ।

-आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने
संघ प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहको सडक सञ्जालसँग जोडी अन्तर आबद्धता कायम गर्ने

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ५१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल