सुनीता डंगोल भन्छिन्- सोसल मिडियामा झगडा छ, महानगरमा छैन (भिडियोसहित) « Khabarhub

सुनीता डंगोल भन्छिन्- सोसल मिडियामा झगडा छ, महानगरमा छैन (भिडियोसहित)


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खोटाङको सदरमुकाम रहेको नगरपालिकाको हो – दिक्तेल रुपाकोट मझुवागढी । उक्त नगरपालिकाका मेयर तीर्थराज भट्टराई विहीबार काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आइएसएसआरले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी भए । मेयर भट्टराईले काठमाडौंकी उपमेयर सुनीता डंगोललाई खरो प्रश्न तेर्स्याए ।

जलवायुसम्बन्धी कार्यक्रममा राजनीतिक प्रश्न उठेको भन्दै डंगोलले त्यसको प्रतिवाद गरिन् । काठमाडौं महानगरपालिकाका मेयर (बालेन्द्र) सँग आफ्नो झगडा नरहेको, सोसल मिडियामा मात्र झगडा रहेको उनले दाबी गरिन् ।

साथै, आफूले बोलेको भिडियो एडिट गरेर सोसल मिडियामा जथाभावी क्लिपहरु आउने गरेको उनले गुनासो गरिन् ।

दिक्तेलका मेयर भट्टराईले काठमाडौंकी उपमेयर डंगोललाई सोधेको प्रश्न थियो, ‘काठमाडौं महानगरपालिका सबै स्थानीय तहको प्रमुख हो । उहाँहरु आपसमा झगडा गरिरहनुभएको छ । करोडौं, अर्बौं रुपैयाँ बैंकमा राख्नुभएको छ । उहाँहरुले गाउँ–गाउँमा जलवायु परिवर्तनमा वृक्षरोपण कति गर्नुभयो त ?’

जवाफमा सुनीता डंगोल यसरी प्रस्तुत भइन्–

महानगरले खर्च गरेको छैन, झगडा गरेर बसेको छ भन्नुभएको छ । यो कुरामा चाहिँ के पोलिटिकल गफ गर्ने यहाँ भन्ने लागेको थियो, प्रश्न सोधिसक्नुभो, उत्तर दिनैप¥यो । महानगरमा झगडा छैन, यदि झगडा कतै छ भने सोसल मिडियामा छ ।

अब जबर्जस्ती भिडियो एडिटिङ गरेर झगडा पार्दिन्छ । कहाँको कहाँको क्लिप्स लगाएर मिलाइदिन्छ भने त्यसमा मलाई भन्नु केही छैन । कता, कताको फोटो एडिट गरेर झगडा भएको जस्तो बनाइदिन्छ भने त्यसमा पनि भन्नु केही छैन । तर, संस्थामा म आफ्ना जनताप्रति धेरै नै प्रतिवद्ध छु । म आफ्नो संस्थाप्रति धेरै नै प्रतिवद्ध छु । मैले झगडा गरेको कारणले महानगरपालिकालाई अहित हुन्छ भने म झगडा गर्दिनँ ।

तर, त्यो भन्दाभन्दै डेमोक्रेसीमा वाद विवाद अनि सम्वाद हुन जरुरी छ । चित्त बुझ्छ, चित्त बुझ्दैन, सल्लाह गर्ने हो । सम्वाद गर्ने हो । निचोडमा ल्याउने हो । र, त्यसमा म हरदम प्रयास गर्छु ।

खर्चको कुरा पनि गरिहाल्नुभयो, महानगरपालिकामा १०४ दिनसम्म जसले खर्च गर्ने हस्ताक्षर चल्ने व्यक्ति प्रमुख प्रशासकीय अधिकृत नहुँदाखेरि चाहिँ ठप्प भएको हो । तर, अहिले प्रमुख प्रशासकीय अधिकृतले काम थालनी गर्नुभयो ।

त्यो दिन (प्रशासकीय प्रमुखले हाजिर गरेको दिन) समस्या भएको होइन, १०४ दिन ठप्प हुँदा समस्या भएको हो । त्यो त समस्याको समाधान भएको दिन हो । अब त्यसलाई पनि मिडियाले कुन न्यारेसनमा लग्छ भन्ने त्यो फेरि मेरो काम भएन, हाम्रो मिडियाको काम भयो । म मेरो काममा बफादार छु । म एकदम इमान्दार भएर लागेको छु ।

यहाँ प्रमुख हुनुहुन्छ, यहाँले मजाले बुझ्नुभएको छ, उपप्रमुखलाई खर्च गर्ने जिम्मेवारी छ कि छैन । खर्च गर्ने प्रश्न उपप्रमुखलाई सोध्न हुन्छ कि हुँदैन यहाँलाई थाहा छ । एक रुपैयाँ हस्ताक्षर नचल्ने मान्छेलाई खर्च किन भएन भनेर के सोध्नु है ?

भिडियो-

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : १८ बजे

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता