अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप : खर्च घट्दै, व्यापार सुस्ताउँदै | Khabarhub Khabarhub

अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप : खर्च घट्दै, व्यापार सुस्ताउँदै


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियामा सन् २०२५ को सुरुवाती पाँच महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको छ।

सरकारी विवरणअनुसार, बाढी, डढेलो, आँधी र चक्रवातले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब २ अर्ब २० करोड अष्ट्रेलियाली डलर बराबरको असर पारेको छ।

पूर्वी तटीय राज्यहरू न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा धेरै ठूलो बाढी आएको थियो। मार्च महिनामा आएको चक्रवात ‘अल्फ्रेड’ पछिल्ला ५० वर्षमा पहिलो पटक दक्षिणपूर्वी क्विन्सल्यान्डमा पुगेको थियो।

देशका अन्य भागहरूमा पनि कडा हावाहुरी, चक्रवात र डढेलोका घटनाहरू भएका थिए।

कोषालयले जनाएअनुसार, क्विन्सल्यान्डमा फेब्रुअरी महिनामा खुद्रा व्यापार ०.३ प्रतिशतले र मार्च महिनामा ०.४ प्रतिशतले घटेको थियो।

अष्ट्रेलियाली तथ्यांक कार्यालयका अनुसार, नयाँ वर्षको पहिलो तीन महिनामा देशभर मानिसहरूले गर्ने खर्च खासै परिवर्तन भएको थिएन, तर क्विन्सल्यान्डमा भने ०.२ प्रतिशतले घटेको थियो।

सरकारले  महँगी, बेरोजगारी र राष्ट्रिय ऋण घटाउने प्रयासमा भएको सफलताका कारण अहिले विपद्‌बाट पीडित समुदायलाई सहयोग गर्न सक्षम रहेको जनाएको छ।

सरकारले पीडित जनताको पीडा सबैभन्दा ठूलो कुरा भएको जनाउँदै आर्थिक असर पनि महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ०० बजे

‘राइड सेयरिङ नियमावली स्थगन भएको होइन, कार्यान्वयन रोकिएको हो’

राइड सेयरिङ चलिरहेको छ तर अव्यवस्थित भयो भनेर हामीले पहल

गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षातमा हिलाम्मे र

युरोपेली नेसन्स कप: यामलको उत्कृष्ट प्रदर्शनमा स्पेन फाइनलमा

काठमाडौं – विश्व फुटबलमा गएको दुई वर्षदेखि सनसनीपूर्ण प्रदर्शन गरेका

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

काठमाडौं– काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको