‘हेराफेरी ३’ विवादले परेश रावल ‍दिक्क – भन्छन्- मुक्ति चाहियो « Khabarhub

‘हेराफेरी ३’ विवादले परेश रावल ‍दिक्क – भन्छन्- मुक्ति चाहियो


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड फिल्म ‘हेराफेरी’ को सिक्वेल ‘हेराफेरी ३’ बन्ने चर्चाले दर्शक खुसी थिए । यस सिक्वेलका शीर्ष कलाकार परेश रावलले फिल्मबाट बाहिरिने निर्णय लिएपछि दर्शकको खुसी धेरै समय टिकेन ।

परेश फिल्ममा ‘बाबु भैया’ को भूमिकामा थिए । यो पात्र नभए सिक्वेल नै राम्रो बन्दैन भन्ने दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन् ।

अर्कोतर्फ परेशले फिल्मबाट बाहिरिने निर्णय लिएपछि निर्माण पक्ष अन्योलमा छ । फिल्म बन्ने हो कि नबन्ने हो भन्ने अवस्था सिर्जना भएको छ ।

परेशको बहिर्गमन उनी आफैँलाई तनावको विषय बनेको छ । एक त उनी कानुनी झमेलामा पर्नुपर्‍यो । फिल्मका निर्माता र कलाकार समेत रहेको अक्षय कुमारले उनलाई ‘लिगल नोटिस’ पठाएका थिए ।

ब्याजसहित ‘साइनिङ अमाउन्ट’ फिर्ता गरेर कानुनी झमेला उनले आफ्नो तर्फबाट सके ।

अर्कोतर्फ उनलाई अहिले सबैभन्दा बढी सोधिने प्रश्न बनेको छ- ‘हेरा फेरीबाटको बहिर्गमनको कारण के हो ?’ उनले यो विषयमा कुरा गर्न नचाहे पनि गर्नै पर्ने बाध्यता बनेको छ ।

सोहीकारण उनले ‘द लल्लनटप’ सँगको कुराकानीमा भनेका छन्, ‘अब बाबु रावको भूमिका मेरो लागि घाँटीको पासोजस्तो भएको छ । म स्वतन्त्र हुन चाहन्छु ।’

उनी ‘बाबु भैया’ को भूमिकासँग वाक्क बन्नुको कारण अर्को पनि छ । उनका अनुसार मेकरहरू बावु भैयाकै जस्तो भूमिकाका लागि प्रस्ताव लिएर आउँदा उनी हैरान छन् ।

प्रस्ताव आउन सुरु भएको ‘हेरा फेरी’ प्रदर्शनमा आएपछि नै हो । अर्थात् दशकअघि देखि नै उनलाई ‘बावु राव’ को जस्तै भूमिकाका लागि प्रस्ताव आइरहेका छन् । कलाकारका रूपमा उनलाई ‘बावु राव’ जस्तै भूमिकामा सीमित हुन मन छैन ।

उनी भन्छन्, ‘जो पनि मसँग काम गर्न आउँछन्, उनीहरूको दिमागमा बाबु रावकै छाप हुन्छ । म कलाकार हुँ । म एउटै भूमिकामा अड्किएर बस्न चाहन्नँ ।’

बाबु रावसँग सम्बन्धित प्रश्न र काम आउँदा आफूलाई असहज भइरहेको उनले बताए । भन्छन्, ‘मलाई योबाट मुक्ति चाहिएको छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ५१ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा