पक्राउ परेका नेता रिहा भएपछि राजवादी समूहको आजको उपत्यका बन्द फिर्ता « Khabarhub

पक्राउ परेका नेता रिहा भएपछि राजवादी समूहको आजको उपत्यका बन्द फिर्ता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका कमल थापासहितका नेता कार्यकर्ता रिहा भएपछि राजावादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको छ।

आइतबार राति विज्ञप्ति सार्वजनिक गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित सात जना आइतबार साँझ नै रिहा भएका हुन्।

निषेधित क्षेत्र तोड्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नारायणचौरबाट अध्यक्ष थापासहितलाई पक्राउ गरेको थियो। सांसद सिंह भने थापालाई भेट्न जाने क्रममा पक्राउ परेका थिए।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ०५ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए