कैलालीमा काठको गोठमा आगो लाग्दा वृद्धको मृत्यु « Khabarhub

कैलालीमा काठको गोठमा आगो लाग्दा वृद्धको मृत्यु


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।

आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

आगलागीको सूचना पाए लगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ११ : ४७ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि