एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’ « Khabarhub

एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सामाजिक सञ्जाल ‘झोले’ अभियान चलाएको छ ।

पछिल्लो समय सर्वसाधारणले दल र दलका नेता–कार्यकर्ताविरुद्ध आक्रोश पोख्न ‘झोले’ शब्द प्रयोग गर्ने क्रम बढेपछि एमालेले ‘झोले’ अभियान चलाएको हो ।

अभियानअन्तर्गत प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् ।

तस्बिरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्स कयौं गुणा उत्तम चरित्र हो’ पनि लेखिएको छ ।

प्रधानमन्त्री ओलीले आफू ‘झोले’ भएको उल्लेख गर्दै फेसबुकमार्फत् ‘झोले’ भनेर लखेट्दैमा सत्य अँगाल्न नछोड्न आग्रह गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्ने उनको भनाइ छ ।

‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,’ स्टाटसमा भनिएको छ, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’

प्रधानमन्त्री ओलीकै शैलीमा अर्थमन्त्री विष्णु पौडेलले पनि आफ्नो तस्बिर फेसबुमा राखेका छन् । यस्तै एमाले महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेवेले पनि आफूलाई फुसबुकमा ‘झोले’ भनेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : ०५ बजे

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली– प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८