जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्दियामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकीखैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसतै कैलालीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरूवा बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : १७ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण