सिक्किमस्थित भारतीय सेनाको क्याम्पमा पहिरो खस्दा ३ जनाको मृत्यु, ६ सैनिक बेपत्ता « Khabarhub

सिक्किमस्थित भारतीय सेनाको क्याम्पमा पहिरो खस्दा ३ जनाको मृत्यु, ६ सैनिक बेपत्ता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

गान्तोक- लगातारको वर्षाका कारण नेपालको पूर्वी सीमास्थित भारतीय राज्य सिक्किममा ठूलो बाढी आएको छ । टिस्टा नदीको जलस्तर ३५–४० फिटले बढ्दा सडक र पुलहरूमा ठूलो क्षति पुर्‍याएको छ।

आइतबार साँझ ७ बजे सिक्किमस्थित एक सैन्य क्याम्प भारी वर्षापछि पहिरो झर्दा ३ जनाको मृत्यु भएको छ । अहिले पनि ६ जना सैनिकहरू बेपत्ता छन्। सेनाले सोमबार यस घटनाको जानकारी दिएको हो।

समाचार एजेन्सी पीटीआईले एक रक्षा अधिकारीलाई उद्धृत गर्दै ४ जनालाई उद्धार गरिएको जनाएको छ । उनीहरूलाई सामान्य चोटपटक लागेको छ। बेपत्ता सैनिकहरूको खोजीका लागि उद्धार अभियान जारी छ। अर्कोतर्फ सिक्किमको लाचेन र लाचुङमा चार दिनदेखि फसेका एक हजारभन्दा बढी पर्यटकहरूलाई निकालिएको छ।

सिक्किमसहित पूर्वोत्तर राज्यहरूमा पछिल्लो ४ दिनदेखि लगातार भारी वर्षा भइरहेको छ। वर्षा, बाढी र पहिरोका घटनाहरूमा हालसम्म ३७ जनाको ज्यान गइसकेको छ।

जसमध्ये असममा १०, अरुणाचल प्रदेशमा ९, मिजोरममा ५ र मेघालयमा ६ जनाको मृत्यु भएको छ।

सन् २०२३ को अक्टोबर महिनामा सिक्किममा भीषण वर्षा हुँदा टिस्टा नदीमा अचानक आएको बाढीले १८ जनाको ज्यान गएको थियो। कम्तीमा ९८ जना हराइरहेका थिए, जसमा २२ जना सैनिक पनि थिए। तीमध्ये धेरैको अझै अत्तोपत्तो छैन।

भारतका पूर्वोत्तर राज्यहरूमा राहत र उद्धारको लागि भारतीय सेना, वायुसेना र असम राइफल्सका सैनिकहरू खटाइएको छ। असममा ३.६४ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन्। ब्रह्मपुत्र र बराकसहित १० वटा प्रमुख नदीहरू खतरा सीमाभन्दा माथि बगिरहेका छन्।

मणिपुरमा बाढीका कारण १९,००० भन्दा बढी मानिस प्रभावित भएका छन्। ३,३६५ घर क्षतिग्रस्त भएका छन्।

त्रिपुरामा १० हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित छन्। मिजोरमको राजधानी आइजोलमा भारी वर्षाका कारण जुन २ मा सबै विद्यालयहरू बन्द गर्न आदेश दिइएको छ। ३० मेदेखि हालसम्म मिजोरममा २११ वटा पहिरोका घटना भइसकेका छन्।

यता, राजस्थानका ३० जिल्ला र मध्य प्रदेशका ५० जिल्लामा वर्षाको चेतावनी जारी गरिएको छ। बिहारको वैशाली जिल्लामा आइतबार साँझको आँधी र वर्षाका कारण एक घर भत्किँदा ६० वर्षीया महिलाको मृत्यु भएको छ। राज्यका ९ जिल्लामा आँधी र वर्षाको सतर्कता जारी गरिएको छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : ३० बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा