तथ्य–तथ्यांकसहित विपक्षीको तर्क खण्डन गर्न एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन « Khabarhub

तथ्य–तथ्यांकसहित विपक्षीको तर्क खण्डन गर्न एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसद्हरूलाई बजेटमाथिको छलफलका क्रममा तथ्य–तथ्यांकसहित विपक्षीको तर्क खण्डन गर्न निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा जारी संसदीय दलको बैठकमा उनले पार्टीका सांसदहरूलाई बजेटको पक्षमा तथ्य–तथ्यांकसहित विपक्षीको तर्क खण्डन गर्न निर्देशन दिएका हुन् ।

‘भोलिबाट बजेटमाथि छलफल प्रारम्भ हुँदैछ । माननीयज्यूहरूले त्यहाँ बजेट किन ठीक छ ? तर्कपूर्ण ढंगले कुरा राख्नुपर्ने छ । विरोधीहरुले हामीलाई हो कि भन्ने गरी, धरमर हुने गरी कुतर्कहरू राख्ने छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘ती कुतर्कहरूको हामीले खण्डन गर्नुपर्ने छ । दह्रो गरी खण्डन गर्नुपर्ने छ । तर्कयुक्त ढंगले खण्डन गर्नुपर्ने छ । तथ्य–तथ्यांकसहित खण्डन गर्नुपर्ने छ ।’

उनले सांसदहरूलाई बजेट माथिको छलफलका क्रममा संसद्मा बोल्दा छरपस्ट ढंगले नबोल्नसमेत सुझाव दिए । ‘छरपस्ट नबोल्नुहोला, आफ्नो विषयमा केन्द्रित रहेर बोल्नुहोला,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : ५२ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध