सांसदहरूलाई ओलीको प्रश्न- पार्टी बैठक र संसद्‍मा नआएर कहाँ जानु हुन्छ, के गर्नु हुन्छ ? « Khabarhub

सांसदहरूलाई ओलीको प्रश्न- पार्टी बैठक र संसद्‍मा नआएर कहाँ जानु हुन्छ, के गर्नु हुन्छ ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् भवनस्थित ल्होत्से हलमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलको संयुक्त बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित देखिए ।

जेठ १५ गते संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल अघि बढ्न नदिने गरी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलले घेर्न थालेका ओली आफ्ने सांसदहरूको न्यून उपस्थितिले झोंक्किए ।

सांसदहरू कम उपस्थित भएको देखेपछि ओली मञ्चबाटै टाउको गन्न थाले। एक, दुई, तीन, चार । त्यसपछि सँगै बसेका अन्य नेताहरूले केही सांसदले अनुपस्थितिको कारणसहित खबर पठाएको पनि जानकारी ओलीलाई दिए ।

ओ‌ली आफैंले पनि रक्षामन्त्री मानवीर राईले आफ्नो अतिमहत्वपूर्ण काम परेको भन्दै संसदीय दलको बैठकमा आउन नसक्ने जानकारी दिएको कुरा त्यहीँ सुनाए ।

केहीबेर उपस्थित सांसदहरूको टाउको गनेका ओलीले संसद्लाई महत्व दिन पनि कडा निर्देशन दिए । ‘संसद्को बैठकलाई, दलको बैठलाई महत्व दिनु हुन्न भने जानु हुन्छ कहाँ, संसद्मा भएका बहस र छलफललाई महत्व दिनु हुन्न भने अनि के चाहिँ गर्नु हुन्छ त ?’, ओलीले रिसाएको मुद्रामा भने, ‘आजको उपस्थिति न्यून छ, दलको बैठकलाई सांसदले महत्व नदिने कुरा मान्न सकिँदैन । दलको बैठक र यहाँ हुने कार्यक्रमलाई महत्व दिनुपर्छ ।’

उनले सांसदहरूलाई माननीयज्यूहरू भन्दै कता कता जानु भयो ? भनेर प्रश्न गरिरहे । ‘भोलिदेखि बजेटबारे संसद्मा छलफल हुन्छ । बजेटमाथि छलफलको योजना बनाउन राखिएको आजको यति महत्वपूर्ण बैठकमा नआउने भन्ने हुँदैन’, उनले भने, ‘संसद्मा यत्रो हमला भएको छ । अब हामीले बुँदागत रूपमा, दमदार रूपमा हाम्रा कुराहरू राख्नुपर्ने छ । तर माननीयज्यूहरूको यो किसिमको सहभागिता र उपस्थिति हुँदै भएन ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ३७ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध