सांसदहरूलाई ओलीको प्रश्न- पार्टी बैठक र संसद्‍मा नआएर कहाँ जानु हुन्छ, के गर्नु हुन्छ ? | Khabarhub Khabarhub

सांसदहरूलाई ओलीको प्रश्न- पार्टी बैठक र संसद्‍मा नआएर कहाँ जानु हुन्छ, के गर्नु हुन्छ ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् भवनस्थित ल्होत्से हलमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलको संयुक्त बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित देखिए ।

जेठ १५ गते संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल अघि बढ्न नदिने गरी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलले घेर्न थालेका ओली आफ्ने सांसदहरूको न्यून उपस्थितिले झोंक्किए ।

सांसदहरू कम उपस्थित भएको देखेपछि ओली मञ्चबाटै टाउको गन्न थाले। एक, दुई, तीन, चार । त्यसपछि सँगै बसेका अन्य नेताहरूले केही सांसदले अनुपस्थितिको कारणसहित खबर पठाएको पनि जानकारी ओलीलाई दिए ।

ओ‌ली आफैंले पनि रक्षामन्त्री मानवीर राईले आफ्नो अतिमहत्वपूर्ण काम परेको भन्दै संसदीय दलको बैठकमा आउन नसक्ने जानकारी दिएको कुरा त्यहीँ सुनाए ।

केहीबेर उपस्थित सांसदहरूको टाउको गनेका ओलीले संसद्लाई महत्व दिन पनि कडा निर्देशन दिए । ‘संसद्को बैठकलाई, दलको बैठलाई महत्व दिनु हुन्न भने जानु हुन्छ कहाँ, संसद्मा भएका बहस र छलफललाई महत्व दिनु हुन्न भने अनि के चाहिँ गर्नु हुन्छ त ?’, ओलीले रिसाएको मुद्रामा भने, ‘आजको उपस्थिति न्यून छ, दलको बैठकलाई सांसदले महत्व नदिने कुरा मान्न सकिँदैन । दलको बैठक र यहाँ हुने कार्यक्रमलाई महत्व दिनुपर्छ ।’

उनले सांसदहरूलाई माननीयज्यूहरू भन्दै कता कता जानु भयो ? भनेर प्रश्न गरिरहे । ‘भोलिदेखि बजेटबारे संसद्मा छलफल हुन्छ । बजेटमाथि छलफलको योजना बनाउन राखिएको आजको यति महत्वपूर्ण बैठकमा नआउने भन्ने हुँदैन’, उनले भने, ‘संसद्मा यत्रो हमला भएको छ । अब हामीले बुँदागत रूपमा, दमदार रूपमा हाम्रा कुराहरू राख्नुपर्ने छ । तर माननीयज्यूहरूको यो किसिमको सहभागिता र उपस्थिति हुँदै भएन ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ३७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

काठमाडौं – सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि