नरेन्द्र मोदीको ‘स्टाइल’ पच्छ्याउँदै केपी ओली « Khabarhub

नरेन्द्र मोदीको ‘स्टाइल’ पच्छ्याउँदै केपी ओली


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतमा सन् २०१९ मा सम्पन्न लोकसभा चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले ‘मै भि चौकीदार’ (म पनि चौकीदार) अभियान चलाएको थियो । विपक्षी दल कांग्रेसले प्रधानमन्त्री मोदीलाई लक्षित गरेर चुनावभन्दा झण्डै दुई वर्षअघिबाट ‘चौकीदार चोर हे’ (चौकीदार चोर हो) अभियान सञ्चालन गरेको थियो ।

विषेश गरी कांग्रेस नेता राहुल गान्धीले फ्रान्सेली लडाकू विमान राफेलको खरिदमा भ्रष्टाचार भएको दावीसहित प्रधानमन्त्री मोदीलाई ‘चोर’को संज्ञा दिन ‘चौकीदार चोर हे’ को नाराको सुरुवात गरेका थिए । त्यसअघि प्रधानमन्त्री मोदी आफूलाई देशको चौकीदार भन्न रुचाउँथे । कांग्रेसको नारालाई ‘काउन्टर’ दिन भाजपाले लोकसभा चुनावको मुखैमा ‘मै भि चौकीदार’ अभियानको थालनी गरेको थियो ।

तत्कालीन समयमा प्रधानमन्त्री मोदीसँगै भाजपाका नेताहरू आ–आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै लेखिरहेका थिए– ‘मै भि चौकीदार’ । त्यसकै सिको गर्दै अहिले नेपालमा शासन सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले सोमबारबाट सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘झोले’ अभियान सञ्चालन गरेको छ । पछिल्लो समय सर्वसाधारणले दल र दलका नेता–कार्यकर्ताविरुद्ध आक्रोश पोख्न ‘झोले’ शब्द प्रयोग गर्ने क्रम बढेपछि एमालेले ‘झोले’ अभियान चलाएको हो ।

अभियानअन्तर्गत प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् । तस्बिरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्न कयौं गुणा उत्तम चरित्र हो’ पनि लेखिएको छ । प्रधानमन्त्री ओलीकै शैलीमा अर्थमन्त्री विष्णु पौडेलले पनि आफ्नो तस्बिर फेसबुमा राखेका छन् ।

यस्तै एमाले महासचिव शंकर पोखरेल, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेवेले पनि आफूलाई फेसबुकमा ‘झोले’ भनेका छन् । यसअघि गत शनिबार प्रधनमन्त्री ओलीले जनता र राष्ट्रको हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा आफू गौरवान्वित भएको अभिव्यक्ति दिएका थिए । पार्टीनिकट बुद्धिजीवी परिषद्को महाधिवेशन सम्बोधनका क्रममा उनले आफू जनताको झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताको झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताएका थिए ।

‘इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई,’ ओलीले भनेका थिए, ‘म कबुल गर्छु, झोले हो । झोला बोकेर हिँड्या हो । यी झोला किन बनेका भन्या ? बोक्न होइन ? राम्रा कुरा बोक्न बनेका झोला दलाली झोलाभरि हालेर बोक्छन् यिनीहरू । राम्रा कुरा बोकेर हिँडून् त्यो झोलामा । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ५ : ११ बजे

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली– प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८