विष्ट बन्धुको अध्यक्षमा बाबुराम विष्ट सर्वसम्मत « Khabarhub

विष्ट बन्धुको अध्यक्षमा बाबुराम विष्ट सर्वसम्मत


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घिमिरे विष्ट बन्धुहरूको साझा संस्थामा सुनसरीका बाबुराम विष्टले नेतृत्व लिएका छन् । सुनसरीको चतराधामस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न राष्ट्रिय महाधिवेशनले विष्टको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा मोरङ टङ्कीसिनवारीका नवराज विष्ट, महासचिवमा सलकपुर मोरङका सुरज विष्ट, कोषाध्यक्षमा इटहरी सुनसरीका कृष्ण विष्ट र सचिवमा मोरङकै उर्लाबारीका प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् । यस्तै महिला, क्षेत्रगत र बसोबासका आधारमा २४ जना केन्द्रीय सदस्यसमेत निर्वाचित भएका छन् ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनमा निर्वतमान अध्यक्ष हरिबहादुर विष्टले संस्थाका सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै महासचिव सुरज विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष देवेन्द्र विष्टले सभामा आर्थिक प्रतिवेदन पेश गरे ।

नवनिर्वाचित अध्यक्ष विष्टले हालको विधानलाई समय सापेक्ष संशोधन गर्नुपर्ने भएकाले तत्काल विधान संशोधन सुझाव समिति गठन गरी आवश्यकताअनुसार समितिको आकार हेरफेर गर्ने बताए । उनले संस्थामा आबद्ध हुन नसकेका बन्धुहरूलाई समेट्दै उचित जिम्मेवारी दिने बताए ।

२०५२ सालमा पहिलो पटक स्थापना गरिएको विष्ट बन्धुहरूको संस्था २०७२ सालमा पुनःस्थापना गरी सुनसरी जिल्ला प्रशासन कार्यालयमा २०७३ सालमा ‘काश्यप गोत्रीय घिमिरे विष्ट क्षेत्री वंश उत्थान केन्द्र नेपाल’ का नाममा दर्ता भएको छ ।

१४ औं शताब्दीमा सघ्रजित विष्टको नेतृत्वमा सुनकोशी नदी तरेका विष्टहरू हालको खोटाङ जिल्लाको चुइँचुम्मा डाँडागाउँ भन्ने स्थानमा आई बसोवास गरेको अध्येता धनु विष्ट बताउँछन् । उनका अनुसार विष्टहरू गुल्मीको घमिरबाट कास्की, तनहुँ धादिङ हुँदै काठमाडौं, मूलपानी, काभ्रे, रामेछाप हुँदै सुनकोशी तरेर ओखलढुङ्गा र खोटाङ आइपुगेको तथ्य छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ५६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्