दोलखाका ९ पालिकालाई ३ अर्ब ५४ करोड ३९ लाख संघीय अनुदान
आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले ३ अर्ब ५४ करोड ३९ लाख बजेट विनियोजन गरेको छ ।
संघीय सरकारले वित्तीय समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान मार्फत ३ अर्ब ५४ करोड ३९ लाख बजेट विनियोजन गरेको हो ।

दोलखाका पालिकालाई सशर्त अनुदानमा २ अर्ब १९ करोड ६२ लाख बजेट विनियोजन भएको गरेको हो । जसमा चालु खर्चतर्फ २ अर्ब ७ करोड ८७ लाख र पूँजीगत खर्चको लागि ११ करोड ७५ लाख विनियोजन गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२/०८३को बजेटमा उल्लेख गरिएको छ ।
एनसेल फाउन्डेसनको सहकार्यमा आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा जारी, कोशी र मधेशमा समापन
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
‘बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्छ’
नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्ने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर पौडेलले कर्जा विस्तारलाई केन्द्रीकृत गर्नुभन्दा उत्पादन क्षेत्रलाई ध्यान दिएर कर्जा विस्तार गर्नुपर्ने बताएका हुन् ।
अहिले कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको विषय राष्ट्र बैंकको चासोको विषय भएको उनले बताए ।
बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना
अन्तरसरकारी वित्त हस्तान्तरण : कुन प्रदेश र पालिकाले कति–कति पाए ?
संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रदेश सरकारहरूलाई ९७ अर्ब ५६ अर्ब चार करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ ।

समानीकरण अनुदान, सशर्त अनुदान र विशेष अनुदान गरी संघीय सरकारले प्रदेश सरकारले सो रकम हस्तान्तरण गरेको हो ।
त्यस्तै, सरकारले स्थानीय सरकारहरूलाई समानीकरण, सशर्त, विशेष र समपुरक गरी चारवटा शीर्षकमा अनुदान हस्तान्तरण गरेको छ ।
७५३ वटा पालिकालाई सरकारले चार शीर्षकमा तीन खर्ब २० अर्ब २६ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको हो ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेटमार्फत् प्रदेश र स्थानीय सरकारलाई गरेको वित्तीय हस्तान्तरणको सूची आज सार्वजनिक गरेको छ ।
धम्पुसमा पक्की सडक, पर्यटक बढ्ने अनुमान
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण
बजेटपछिको बजारमा देखिएन उत्साह, नेप्से झिनो अंकले वृद्धि
गत बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरेका थिए । पौडेलले प्रस्तुत गरेको बजेटमा शेयर बजारका लागि ५ बुँदामा समेटे ।

बजेटमा समेटिएको ५ वटै बुँदा शेयर बजारका लागि सकारात्मक नै भएपनि बजेटपछि खुलेको शेयर बजारमा भने खासै सकारात्मक देख्न भने सकिएन ।
सोमबार शेयर बजार सुरुमा खुल्दा उच्च अंकले वृद्धि देखिएको भएपनि बन्द हुँदा भने झिनो अंकले मात्र बढेको छ ।
सस्तोदरमा अमेरिकी डलर साट्ने भन्दै ठगी, समातिए ३९ वर्षीय तामाङ
निगुरो बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय
बन्दको मौकामा चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्बिरहरू)
गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्ध वृद्धालाई झनै मुस्किल भएको छ ।
यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरूले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरूले बताएका छन् । उनीहरूले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन् ।
प्रतिक्रिया