नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख « Khabarhub

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गएिको छ । चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा उक्त चरा अभिलेख भएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।

सङ्घका परियोजना अधिकृत देउबहादुर रानाका अनुसार यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइन्छ । बुटवल–दाङ विद्युत् प्रसारण लाइनको सर्वेक्षणका क्रममा सङ्घका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गरेका थिए ।

सोही क्रममा एक अनौठो नीलो रङको चरा देखिएपछि सुरुमा यो चरा नेपालमा सामान्य पाइने ‘ब्लु हिस्टिलिङ थ्रस’ हो भन्ने अनुमान गरिएको थियो ।

पछि तस्बिर हरेर विस्तृत अध्ययन र विवरण तुलना गर्दा फरक विशेषताहरू यकिन भएपछि ‘मलबर हिस्टिलिङ’ चराको पहिचान पुष्टि भएको सङ्घले जनाएको छ । यससँगै उक्त प्रजातिको चरा नेपालमा पहिलो पटक आधिकारिक अभिलेख भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : ३३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज