पाकिस्तानलाई एफएटीएफको ‘ग्रे लिस्ट’ मा राख्नुपर्छ : नेता औवेसी « Khabarhub

पाकिस्तानलाई एफएटीएफको ‘ग्रे लिस्ट’ मा राख्नुपर्छ : नेता औवेसी


१९ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको अल इण्डिया मजलिस ए इत्तेहादुल मुस्लिमिन पार्टीका नेता असदुद्दिन औवेसीले पाकिस्तानलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा राख्नुपर्ने बताएका छन् । कुवेतमा रहेका बेला नेता औवेसीले यस्तो बताएका हुन् ।

आतंकवादी संगठनसँग पाकिस्तानको साँठगाँठ रहेको भन्दै उनले ‘ग्रे लिस्ट’ मा राख्नुपर्ने उल्लेख गरेका हुन् । भारतीय समचार संस्था एएनआईका अनुसार ग्रे लिस्टमा राखिए पाकिस्तानले आतंककारीको भर्ना गर्न नसक्ने बताए ।

भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी अपरेशन सिन्दुर सञ्चालन गरेको विषयमा जानकारी गराउन विभिन्न दलका नेता सम्मिलित प्रतिनिधिमण्डललाई विदेश पठाएको छ । सोही क्रममा औवेसी कुवेत पुगेका हुन् ।

गत अप्रिल २२ का दिन भारतको जम्मु कश्मीरस्थित पहलगाम क्षेत्रमा आतंककारी आक्रमण भएपछि भारतले उक्त सैन्य अभियान सञ्चालन गरेको थियो । पहलगाममा भएको आतंककारी आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ९ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया