सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारमा जोड दिनुपर्छ : एनपी साउद  « Khabarhub

सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारमा जोड दिनुपर्छ : एनपी साउद 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्न सरकारसँग आग्रह गरेका हुन् । 

समिति सदस्य साउदले नेपालको अपार प्राकृतिक र सांस्कृतिक सम्भावनाहरू अझै पनि व्यवस्थित ढंगमा परिचालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । 

‘भौगोलिक रुपमा नेपाल अत्यन्तै सुन्दर र विविधतायुक्त देश हो । यहाँको विशिष्ट पहिचानलाई सुत्रबद्ध गरेर काम गर्न आवश्यक छ,’ उनले भने, ‘हामीसँग पर्यटनमा विविधिकरणका लागि प्रशस्त सम्भावना छन् । तर अझैँ पनि चुनौतीहरूसँग जुध्न सकिएको छैन ।’

नेपालको पर्यटन प्रवर्द्धनमा अझ धेरै नीतिगत स्पष्टता र क्रियाशीलता आवश्यक रहेको सांसद साउदको भनाइ थियो । उनका अनुसार हाल नेपालले आफ्नो लक्ष्यअनुसार पर्यटक सङ्ख्या बढाउन सकेको छैन । 

‘२० लाख पर्यटक पुर्‍याउने हाम्रो लक्ष्य हो, तर त्यो पूरा गर्न सकेका छैनौँ,’ साउदले भने, ‘जति हुनुपर्ने हो, त्यति पर्यटक ल्याउनका लागि हामीले थप काम गर्न आवश्यक छ ।’ 

साउदले काठमाडौं उपत्यकाभित्र मात्रै ४० वटा ट्रेकिङ रुटहरू रहेको उल्लेख गर्दै तीमध्ये धेरै अझै ओझेलमा रहेको बताए ।

 ‘यस्ता पदमार्गहरू र गन्तव्यहरू पहिचान गरी प्रवर्द्धन गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन मन्त्रालयले यी गन्तव्यहरूको सम्पूर्ण सम्भावनामा काम गर्नुपर्ने बेला आएको छ ।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले विश्वका दुई ठूला अर्थतन्त्र र जनसङ्ख्या देश भारत र चीनबाट पर्यटक आकर्षित गर्नका लागि विशेष योजना आवश्यक रहेकोमा जोड दिए

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : २९ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर