नयाँ १३ वटा युरोपियन देशसँग श्रम समझदारी गर्न प्रस्ताव गरेका छौँ : श्रममन्त्री « Khabarhub

नयाँ १३ वटा युरोपियन देशसँग श्रम समझदारी गर्न प्रस्ताव गरेका छौँ : श्रममन्त्री


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथिको विनियोजन विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले स्थानीय तथा प्रदेशको सम्भावनाको पहिचान नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्  ।

उनले आगामी आर्थिक वर्ष देखि रोजगारदातालाई दक्ष श्रमिकको उपलब्धताका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई थप प्रभावकारी तवरले अघि बढाउने बताए ।

त्यस्तै उनले वैदेशिक रोजगार बोर्डलाई थप सशक्त र प्रभावकारी बनाउन मन्त्रालयले बोर्ड सुधारको प्रतिवेदन प्राप्त गरिसकेको जानकारी दिँदै त्यसका आधारमा प्रभावकारी कार्ययोजना निर्माण गर्ने धारणा राखे ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक खोज्ने राष्ट्रिय नीति बमोजिम नयाँ १३ वटा युरोपियन गन्तव्यहरूसँग श्रम समझदारी गर्न सरकारले प्रस्ताव गरेको उल्लेख गरे ।

उनले वैदेशिक रोजगारीबाट फर्केका नेपालीको ज्ञान, पुँजी र सीपको उच्चतम उपयोग गरी मुलुकको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्य अघि बढेको समेत बताए ।  

मन्त्री भण्डारीले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने योजना अघि सारेको बताए  ।

पालिकाहरूलाई बालश्रम मुक्त घोषणालाई प्राथमिकतामा राखेको भन्दै उनले यो अभियानलाई व्यापक बनाइने र श्रमिकहरूको कार्यस्थललाई उचित स्वास्थ्य र सुरक्षायुक्त बनाइने जानकारी दिए । 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  २ : ०५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा