नयाँ १३ वटा युरोपियन देशसँग श्रम समझदारी गर्न प्रस्ताव गरेका छौँ : श्रममन्त्री | Khabarhub Khabarhub

नयाँ १३ वटा युरोपियन देशसँग श्रम समझदारी गर्न प्रस्ताव गरेका छौँ : श्रममन्त्री


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथिको विनियोजन विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले स्थानीय तथा प्रदेशको सम्भावनाको पहिचान नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्  ।

उनले आगामी आर्थिक वर्ष देखि रोजगारदातालाई दक्ष श्रमिकको उपलब्धताका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई थप प्रभावकारी तवरले अघि बढाउने बताए ।

त्यस्तै उनले वैदेशिक रोजगार बोर्डलाई थप सशक्त र प्रभावकारी बनाउन मन्त्रालयले बोर्ड सुधारको प्रतिवेदन प्राप्त गरिसकेको जानकारी दिँदै त्यसका आधारमा प्रभावकारी कार्ययोजना निर्माण गर्ने धारणा राखे ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक खोज्ने राष्ट्रिय नीति बमोजिम नयाँ १३ वटा युरोपियन गन्तव्यहरूसँग श्रम समझदारी गर्न सरकारले प्रस्ताव गरेको उल्लेख गरे ।

उनले वैदेशिक रोजगारीबाट फर्केका नेपालीको ज्ञान, पुँजी र सीपको उच्चतम उपयोग गरी मुलुकको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्य अघि बढेको समेत बताए ।  

मन्त्री भण्डारीले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने योजना अघि सारेको बताए  ।

पालिकाहरूलाई बालश्रम मुक्त घोषणालाई प्राथमिकतामा राखेको भन्दै उनले यो अभियानलाई व्यापक बनाइने र श्रमिकहरूको कार्यस्थललाई उचित स्वास्थ्य र सुरक्षायुक्त बनाइने जानकारी दिए । 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  २ : ०५ बजे

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।