गौरादहमा बाँसको फड्के बनाउन ठेक्का आह्वान « Khabarhub

गौरादहमा बाँसको फड्के बनाउन ठेक्का आह्वान


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रभित्र पर्ने गौरादह नगरपालिकाले बाँसको पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । बाँसको फड्के बनाउन पनि ठेक्का आह्वान गरिएपछि स्थानीय तहको विकासको दृष्टिकोणमा प्रश्न उठाइएको छ ।

नगरपालिकाको वडा नं. ६ अन्तर्गत दामुनाको तेलियाडाँगीबाट रतुवा खोला तरेर मोरङको सिजुवा जाने घाटमा बाँसको फट्के (पुल) बनाउन र साउनदेखि असोजसम्म डुङ्गा चलाउन २८ हजार पाँच सय रुपैयाँको ठेक्का आह्वान गरिएको हो ।

१५ दिने दरभाउपत्र आह्वानको सूचना असार १६ गते प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको हस्ताक्षरसहित प्रकाशित गरिएको हो ।

अहिलेको तीव्र पूर्वाधार विकासको समयमा लाखौँ खर्चको प्रतिस्पर्धा चलिरहेका बेला गौरादह नगरपालिका फड्के बनाउन पनि पनि टेन्डर आह्वान गर्न लागेको हो ।

स्थानीय सरकारको काम दिगो पूर्वाधार र जनसुरक्षाको प्रत्याभूतिका लागि हुनुपर्ने हो । तर नगरले बाँस र डोरीको भरमा खोलापार गराउन टेण्डर खोलेको छ।

हिउँदमा बगर र वर्षामा उर्लँदो खोला हुने स्थानमा बाँसको पुल र डुङ्गा जस्ता अस्थायी समाधानले झन् जोखिम बढाउने स्थानीय बताउँछन् ।

यसैलाई आय आर्जनको माध्यम बनाउने नगरपालिका नेतृत्वको सोचलाई स्थानीयले व्यंग्य गरेका छन् ।

स्थानीय युवा रमेश तामाङ भन्छन्, `नगरपालिकाले टालटुले रणनीति होइन, दीर्घकालीन समाधानमा केन्द्रित हुन जरुरी देखिन्छ ।´

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  २ : ३८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन