गौरादहमा बाँसको फड्के बनाउन ठेक्का आह्वान « Khabarhub

गौरादहमा बाँसको फड्के बनाउन ठेक्का आह्वान


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रभित्र पर्ने गौरादह नगरपालिकाले बाँसको पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । बाँसको फड्के बनाउन पनि ठेक्का आह्वान गरिएपछि स्थानीय तहको विकासको दृष्टिकोणमा प्रश्न उठाइएको छ ।

नगरपालिकाको वडा नं. ६ अन्तर्गत दामुनाको तेलियाडाँगीबाट रतुवा खोला तरेर मोरङको सिजुवा जाने घाटमा बाँसको फट्के (पुल) बनाउन र साउनदेखि असोजसम्म डुङ्गा चलाउन २८ हजार पाँच सय रुपैयाँको ठेक्का आह्वान गरिएको हो ।

१५ दिने दरभाउपत्र आह्वानको सूचना असार १६ गते प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको हस्ताक्षरसहित प्रकाशित गरिएको हो ।

अहिलेको तीव्र पूर्वाधार विकासको समयमा लाखौँ खर्चको प्रतिस्पर्धा चलिरहेका बेला गौरादह नगरपालिका फड्के बनाउन पनि पनि टेन्डर आह्वान गर्न लागेको हो ।

स्थानीय सरकारको काम दिगो पूर्वाधार र जनसुरक्षाको प्रत्याभूतिका लागि हुनुपर्ने हो । तर नगरले बाँस र डोरीको भरमा खोलापार गराउन टेण्डर खोलेको छ।

हिउँदमा बगर र वर्षामा उर्लँदो खोला हुने स्थानमा बाँसको पुल र डुङ्गा जस्ता अस्थायी समाधानले झन् जोखिम बढाउने स्थानीय बताउँछन् ।

यसैलाई आय आर्जनको माध्यम बनाउने नगरपालिका नेतृत्वको सोचलाई स्थानीयले व्यंग्य गरेका छन् ।

स्थानीय युवा रमेश तामाङ भन्छन्, `नगरपालिकाले टालटुले रणनीति होइन, दीर्घकालीन समाधानमा केन्द्रित हुन जरुरी देखिन्छ ।´

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  २ : ३८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको