राजेन्द्र लिङ्देन भन्छन्-  हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देन भन्छन्-  हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमा नै रहेको बताएका छन् । 

राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा देशमा यथास्थितिको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि नयाँ चरणको आन्दोलनको तयारीमा रहेको बताएका हुन् ।

उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको बताए । पार्टीले गर्ने संगठनको सबै क्रियाकलापहरू आन्दोलनको तयारीको रूपमा नै बुझ्न उनले आग्रह गरे ।

त्यस्तै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार व्याप्त भएकाले सवैमाथि छानबिन गरेर दण्डित गर्नुपर्नेमा जोड दिए । नेताले नियुक्ति गरेका मान्छेहरूले नेतालाई कारबाही गर्न नसक्ने भएकाले अहिलेको समस्या व्यवस्थामा रहेको लिङ्देनले धारणा राखे । 

उनले बिचौलियाले तय गरे अनुसार कानून बन्ने र नियुक्त हुने देखिएकाले नेता मात्रै फेरेर मुलुकको अवस्थामा कुनै परिवर्तन नहुने जिकिर गरे । 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ५ : ३५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न