यस्तो छ फराकिलो बनाउने भनिएको चोभार गल्छी (तस्बिरहरू) « Khabarhub

यस्तो छ फराकिलो बनाउने भनिएको चोभार गल्छी (तस्बिरहरू)


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगाहरु हटाएर यसलाई क्लियर गर्ने योजना सरकारले अघि सारेपछि अहिले यो विषयमा विभिन्न चर्चा परिचर्चा चलिरहेको छ । 

कतिपयले चोभार गल्छी छुनै हुँदैन भनिरहेका छन् भने कतिपयले काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन यसलाई क्लियर गर्दा केही नबिग्रने धारणा राखिरहेका छन् ।

चोभार गल्छी आसपासका स्थानीयले हजारौँ वर्षको बाढीबाट निखारिएर प्राकृतिक रूपमा बनेको गल्छीको पिँध सतहको ढुंगा निकाल्दा अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।

गल्छीसँगको ऐतिहासिक महत्त्व बोकेको मन्दिरसमेत संकटमा पर्ने उनीहरूको तर्क छ । सम्पदा अभियन्ताहरूले यसको विरोध जनाएका छन् । अहिले उनीहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध गरेका छन् ।

गत वर्षको मनसुन याममा असोज १० देखि १३ गतेसम्म परेको पानीले काठमाडौंका खोला किनारका क्षेत्र डुबानमा परेपछि गल्छी क्लियर गर्ने कुरा आएको हो ।

चोभार गल्छीनजिक पुगेपछि खोलाको बहाव साँघुरिने र खोला सतहमा रहेका ठूला ढुंगाले बग्न थप रोक्ने भएकाले यसलाई सफा गर्ने सरकारको योजना हो ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ११ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६