यस्तो छ फराकिलो बनाउने भनिएको चोभार गल्छी (तस्बिरहरू) « Khabarhub

यस्तो छ फराकिलो बनाउने भनिएको चोभार गल्छी (तस्बिरहरू)


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगाहरु हटाएर यसलाई क्लियर गर्ने योजना सरकारले अघि सारेपछि अहिले यो विषयमा विभिन्न चर्चा परिचर्चा चलिरहेको छ । 

कतिपयले चोभार गल्छी छुनै हुँदैन भनिरहेका छन् भने कतिपयले काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन यसलाई क्लियर गर्दा केही नबिग्रने धारणा राखिरहेका छन् ।

चोभार गल्छी आसपासका स्थानीयले हजारौँ वर्षको बाढीबाट निखारिएर प्राकृतिक रूपमा बनेको गल्छीको पिँध सतहको ढुंगा निकाल्दा अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।

गल्छीसँगको ऐतिहासिक महत्त्व बोकेको मन्दिरसमेत संकटमा पर्ने उनीहरूको तर्क छ । सम्पदा अभियन्ताहरूले यसको विरोध जनाएका छन् । अहिले उनीहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध गरेका छन् ।

गत वर्षको मनसुन याममा असोज १० देखि १३ गतेसम्म परेको पानीले काठमाडौंका खोला किनारका क्षेत्र डुबानमा परेपछि गल्छी क्लियर गर्ने कुरा आएको हो ।

चोभार गल्छीनजिक पुगेपछि खोलाको बहाव साँघुरिने र खोला सतहमा रहेका ठूला ढुंगाले बग्न थप रोक्ने भएकाले यसलाई सफा गर्ने सरकारको योजना हो ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ११ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा