नेपाल-चीन मित्रता वर्णन गर्ने दस्तावेज, ‘सुमधुर सम्बन्धका ७० साल’ | Khabarhub Khabarhub

नेपाल-चीन मित्रता वर्णन गर्ने दस्तावेज, ‘सुमधुर सम्बन्धका ७० साल’


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र उत्तरी छिमेकी जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको छ । १ अगस्ट १९५५ मा दौत्य कायम गर्ने समझदारीमा हस्ताक्षर गरेका यी दुई देशबीचको सम्बन्ध भने शताब्दीऔँ पुरानो छ ।

औपचारिक सम्बन्ध स्थापनाको ७० वर्ष बिते पनि नेपाल र चीनबीचको इतिहास पौराणिक युगदेखि जारी छ। दुई देशको यो सम्बन्ध केवल आधुनिक कूटनीतिक घेरामा मात्रै सीमि छैन, यो त धार्मिक, सांस्कृतिक र पारिवारिक आयामसम्म पनि फैलिएको छ, गहिरिएको छ।

नेपाल र चीनबीच सबैभन्दा पहिले बौद्ध धर्ममार्फत् सम्बन्धको सुरुवात भएको इतिहास छ । चीनमा बौद्ध धर्म फैलिनुमा नेपालको गहिरो भूमिका छ।

त्यसपछि १३ औँ शताब्दीमा अरनिको चीनमा गई त्यहाँका सम्राटको निमन्त्रणमा महत्वपूर्ण स्तूपहरू तथा मूर्तिकला निर्माण गरेको हामी अहिले पनि प्रमाण पाउँछौँ । अरनिको चीनमा बौद्ध वास्तुकलाका एक महान् कलाकारका रूपमा स्थापित भए ।

नेपालबाट सुरू भएको द्ध धर्मको प्रभावसहित तान्त्रिक परम्परा, नेवारी वास्तुकला र मूर्तिकला तिब्बत हुँदै चीनसम्म फैलिएको थियो । नेपाली कलाकार र शिल्पीहरूले चीनमा बनाएका बौद्ध विहार, स्तूप र मूर्तिहरूले त्यहाँको धार्मिक सभ्यतालाई मलिलो बनाएका थिए ।

कूटनीतिक सम्बन्ध औ‍पचारिक रुपमा धेरै लामो नभए पनि नेपाल र चीनबीच परापूर्वकालदेखि नै व्यापारिक सम्बन्ध थियो । प्राचीन समयमा हिमपथ (ट्रान्स हिमालयन ट्रेड रुट्स) को माध्यमबाट नेपाल र तिब्बत (तत्कालीन चीनसँग सम्बन्धित क्षेत्र) बीच नुन, ऊन, अन्न र अन्य सामग्रीको व्यापार हुन्थ्यो । यसरी अघि बढेको सम्बन्ध अहिले निकट साझेदार र सहयोगीका रुपमा स्थापपित भएको छ ।

चीन र नेपालबीच परापूर्वकालदेखिको त्यही सम्बन्धलाई औपचारिकतामा लैजाने काम ७० वर्षअघि भएको हो । त्यसयता दुई देशबीच वार्षिक अर्बौँको व्यापार हुन्छ भने चीनले नेपालको विकासका लागि हरेक वर्ष ऋण र अनुदान सहयोग गरिरहेको छ ।

चीन र नेपालबीचको त्यही सम्बन्धलाई चिनाउने पुस्तक ‘सुमधुर सम्बन्धका ७० साल’ हालै प्रकाशित भएको छ । दुई छिमेकीबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा उक्त २०७ पृष्ठ (नेपाली संस्करण) को पुस्तक सार्वजनिक गरिएको हो ।

उक्त पुस्तकमा चीन-नेपाल पौराणिकदेखि वर्तमान अवस्थाको सम्बन्धबारे ब्याख्या गरिएको छ । पुस्तकमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको कथा, त्यसअघिको अनौपचारिक सम्बन्ध, व्यापारिक सम्बन्धको सुरूवात, आर्थिक सहयोगको थालनी, नेपाल-चीन व्यापारको पाटो, चीन-नेपाल सम्बन्धमा भूराजनीतिक असरसहितका विषयमा वर्णन गरिएको छ ।

त्यसैगरि नेपाल-चीन उच्च तहको भ्रमण, शीत युद्धकालीन सहयात्रा, राजाको शासनका बेलाको सम्बन्ध, आर्थिक साझेदारी, चीनले नेपालमा बनाएका परियोजना र उद्योग, चीनको सहयोगमा बनेका प्रमुख उद्योगको अवस्था, नेपालमा भारत, अमेरिका र युरोपेली मुलुकहरूको उपस्थिति, भाषा र सांस्कृतिक आदानप्रदान, सैन्य सहयोग तथा सी चिनफिङको शासनयताको विस्तृत विवरण पनि पुस्तकमा पढ्न पाइन्छ ।

पुस्तकमा बेल्ट एन्ड रोड परियोजना (बीआरआई), कोभिड र भूकम्पका बेला चीनले दिएको साथ, बलियो सम्बन्ध, बलिएको भाषा, सांस्कृतिक सम्बन्ध, केपी ओलीका पालाको सम्बन्ध र दुई देशको आधुनिक आर्थिक सम्बन्धबारे विस्तृत वर्णन गरिएको छ ।

यो पुस्तक नेपाल-चीन औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको दिन आगामी अगस्ट १ तारिख (साउन १६ गते शुक्रबार) सार्वजनिक गर्ने तयारी छ । दुई देशको सम्बन्धका विविध आयामबारे चर्चा गरिएको यो किताव नेपाल-चाइना मिडिया फोरमले प्रकाशित गरेको हो ।

यो पुस्तक नेपाली र चिनियाँ दुवै भाषामा प्रकाशित गरिएको छ । पुस्तकमा सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्गले शुभकामना मन्तव्य दिएका छन् । फोरमका अध्यक्ष किशोर श्रेष्ठले पुस्तक प्रकाशनको उद्धेश्यबारे व्याख्या गरेका छन् । पुस्तकको अर्को राम्रो पक्ष भनेकव नेपाललाई चीनले दिएका सहयोगका विविध पक्षलाई तस्बिर र तथ्यांकमा पनि व्याख्या गरिएको छ ।

पुस्तकलाई शुभकामना दिँदै चिनियाँ राजदूत छन सोङ्गले दुई देशबले सँगै सीमा र समय नाघ्ने दीर्घकालीन मित्रताको एक उल्लेखनीय महाकाव्य रचना गरेका बताएका छन् ।

‘यो पुस्तकले यस गहिरो सम्बन्धको एक साक्षी र दस्तावेजका रूपमा काम गर्दछ। यसले दुई देशबीचको कूटनीतिक सम्बन्धका प्रमुख उपलब्धिहरूलाई मात्र प्रस्तुत गर्दैन, आर्थिक सहकार्य, सांस्कृतिक आदानप्रदान, धार्मिक, शैक्षिक अन्तरक्रिया लगायतका क्षेत्रहरूका जीवन्त कथाहरू पनि समेट्दछ’, उनले भनेका छन् ।

उनले चाहे त्यो ‘मैत्री पुल’मा देखिने चहलपहल होस्, नेपाली जनताको लागि चिनियाँ सहयोगमा बनेका परियोजनाका प्रत्यक्ष लाभहरू हुन् वा पुस्तौँ पुस्तादेखि विद्यार्थी, विद्वान् र पेशा व्यवसायीले एकअर्काको भूमिमा छोडेका भावनात्मक पाइलालाई पुस्तकका प्रत्येक पृष्ठले चीन-नेपाल मित्रताको जीवन्तता दर्शाएको उनले बताएका छन् ।

सभामुख देवराज घिमिरे शुभकामना दिँदै दुई असल छिमेकी मुलुकका ऐतिहासिक सम्बन्ध तथा प्रेरणादायी सहकार्यको दस्तावेजीकरण गर्ने प्रयास सराहनीय रहेको बताएका छन् ।

‘नेपाल-चीन सम्बन्ध हजारौं वर्षअघिदेखिको सांस्कृतिक, ऐतिहासिक र जनस्तरको सम्पर्कमा आधारित छ । प्राचीन कालका बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले सुरु गरेको मित्रताको यात्राले आजको आधुनिक युगमा नयाँ उचाइ हासिल गरेको छ’, उनले भनेका छन्, ‘सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएपछि नेपाल र चीनबीच आपसी विश्वास, सहयोग र समझदारीको आधारमा राजनीतिक, आर्थिक, सामाजिक तथा विकास साझेदारी विस्तार हुँदै आएको छ ।’

पुस्तकले जनस्तरको मैत्रीपूर्ण सम्बन्धसम्मका विविध पक्षहरूलाई समेट्दै दुई देशबीचको गहिरो मित्रता र विश्वासको सशक्त अभिव्यक्ति गरेको बताएका छन् । ‘सुमधुर सम्बन्धका ७० साल पुस्तकमार्फत् विगत सात दशकको नेपाल-चीन सम्बन्धको यात्रा, योगदान र उपलब्धिलाई समेट्ने प्रयास गरिनु सम्बन्धलाई अझ सुसंगठित, ज्ञानमा आधारित र भावी पुस्ताका लागि प्रेरक बनाउने खालको महत्त्वपूर्ण योगदान हो’, उनले भनेका छन्, ‘उच्चस्तरीय राजनीतिक भ्रमणहरू, ऐतिहासिक सम्झौताहरू, पूर्वाधार विकास परियोजनाहरू, लगानी र व्यापार सहयोग, सीमा व्यवस्थापनदेखि जनस्तरको मैत्रीपूर्ण सम्बन्धसम्मका विविध पक्षहरूलाई समेट्दै यो पुस्तकले दुई देशबीचको गहिरो मित्रता र विश्वासको सशक्त अभिव्यक्ति गरेको छ ।’

नेपाली र चिनियाँ नेताहरूका केही तस्बिर

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ३० बजे

सञ्जालको व्यभिचारविरुद्ध एलिना र समीक्षाको सन्देश- आलोचना गर, गालीगलौज नगर

काठमाडौं– गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी

यस वर्ष ६० हजार बढीमा डेँगु सङ्क्रमण हुनसक्ने आँकलन

काठमाडौं– यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने आँकलन

माधव नेपाललाई रामकुमारीको पत्र : पार्टी बैठकमा उपस्थित भएर बोल्न पाऊँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले

बारपाकको दलित बस्ती : घरधुरी २१, शौचालय एक

गोरखा– दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४

रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले सोधेको