कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श « Khabarhub

कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुखले छानविन समितिबारे परामर्श सुरु गरेका छन्।

सभामुख घिमिरेले समितिका सभापति रामहरि खतिवडा, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे, र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका हुन्।

छलफलका क्रममा सम्भावित छानबिन समितिको संरचना (मोडालिटी) र कार्यादेश (टीओआर) बारे प्राथमिक कुराकानी भएको जनाइएको छ। नेताहरूले प्रधानमन्त्री विदेशमै रहेका कारण, उनी स्वदेश फर्किएपछि शीर्ष नेताहरूको सहमतिमा समिति गठन गर्न सुझाव दिएका छन्।

साथै, संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका सचिव डा रोजनाथ पाण्डेलाई आवश्यक प्रशासनिक छानबिन र सम्बन्धित कागजातहरू अभिलेखिकरणको जिम्मा दिइएको जानकारी सभामुखलाई गराइएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ४८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै