बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट « Khabarhub

बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा विस्फोट हुँदा केही मजदुर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार घटनामा ठूलो मानवीय क्षति भने नभएको प्रारम्भिक जानकारी आएको छ।

“केही मजदुर सामान्य घाइते भएका छन्। घटनाको विस्तृत विवरण संकलन भइरहेको छ,” डिएसपी जोशीले जानकारी दिए।

घटनाको कारण खुल्न नसकेको र प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको जनाइएको छ।

स्थानीय बासिन्दाका अनुसार भट्टी पड्किएसँगै उद्योग परिसरमा ठूलो आवाज सुनिएको थियो। जगदम्बा स्टिल बारा जिल्लाको एक प्रमुख औद्योगिक प्रतिष्ठान हो, जहाँ दैनिक सयौं मजदुर कार्यरत छन्। घाइतेको संख्या, अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ३९ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको