मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ « Khabarhub

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ भन्दै रकम असुली गरेको (अपराधिक लाभ) कसुरमा दुई जना पक्राउ परेका छन् ।

अभद्र व्यवहारको कसुरमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका प्रतिवादीलाई हिरासतमुक्त गराउन मुद्दा मिलाई दिन्छु भनि आरोपित व्यक्तिको परिवारबाट रु ५० हजार असुली गर्ने गेरुवा गाउँपालिका–३ शान्ति बजार बर्दियाका ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत ईन्द्रपुरकी ३४ वर्षीय मुना चन्दलाई प्रहरीले पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

थारु वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा डेरामा बस्दै आएका छन् । प्रहरी प्रमुख शाहीका अनुसार आरोपित थारु र चन्दले अभद्र व्यवहारका कसुरदारका परिवारलाई प्रहरी प्रशासन मिलाउनुपर्छ अन्यथा तपाईको मान्छे जेल जान सक्छन् भनि अपराधिक लाभ तथा असुली गर्ने उद्देश्यले रु ५० हजार मागेका थिए ।

दुवैले बेइमानीपूर्वक आर्थिक लाभ उठाइ आपराधिक लाभ लिएको कसुरमा सम्मानित अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ५७ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको