भारतबाट सात किशोरीको उद्धार | Khabarhub Khabarhub

भारतबाट सात किशोरीको उद्धार


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा–  वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटंकी नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ ।

ती किशोरीहरुलाई भारत पुर्‍याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए ।

उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ । 

किशोरीलाई भारत पुर्‍याउने अभियुक्तमध्ये एक जना भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् ।

अभियुक्तले वैदेशिक रोजगारका लागि हङ्कङ लैजाने भनेर उनीहरूलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटङ्की नाका पुर्‍याएका थिए । किशोरीहरूको आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटंकी पुगेको थियो । तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरूलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए ।

उक्त घटनाबारे भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १२ : १६ बजे

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको