लहानमा ट्यांकीबाट खानेपानी वितरण सुरु « Khabarhub

लहानमा ट्यांकीबाट खानेपानी वितरण सुरु


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्यांकीबाट पानी वितरण सुरु गरिएको छ । 

खासगरि उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्यांकी बोकेर गाउँमै पुर्‍याएर वितरण गर्न थालिएको हो ।

‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले खानेपानीको धारा जडान हुन बाँकी रहेका बस्तीमा लहान खानेपानी संस्थानसँग समन्वय गरेर दुई हजार लिटर क्षमताको ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको हो । नगरप्रमुख महेशप्रसाद चौधरीले स्वयं गाउँ पुगेर पानी वितरण गर्दै भने, ‘खानेपानी मानव जीवनको आधार हो । तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ । आवश्यक परेको खण्डमा यो कार्यक्रम थप लम्ब्याउने तयारी गरिरहेका छौँ ।’

नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानीको धारा पु¥याउने योजना सार्वजनिक गरिसकेको उनले जानकारी दिए ।

बस्तीमा करिब ६० घरपरिवार छन् । उनीहरूलाई गाग्री र बाल्टिनमा पानी भरिदिने व्यवस्था गरिएको छ । दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुङ्केले भने, ‘विकन परियोजनाले २० लाख विनियोजन गरिसकेको छ । लहान नगरपालिका र खानेपानी कार्यालयसँग समन्वय गर्दै तीन महिनासम्म यो काम निरन्तर गरिनेछ ।’

स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताए। ‘शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ । तर, लुगा धुन, नुहाउन, गाईभैँसीलाई पानी खुवाउन अझै गाह्रो छ । त्यसका लागि आकाशे पानीको प्रतीक्षा गरिरहेका छौँ ।’

खानेपानी संकट लहान-१३, १५, १६, १७ र १८ वडामा  देखिएको छ । नगरपालिकाले अब आवश्यकताअनुसार अन्य प्रभावित टोलमा पानी वितरण गर्ने योजना बनाएको छ ।

खडेरीको असरले इनार, पोखरी, हाते कल, सिँचाइका मोटरहरू सबै सुक्न थालेका छन् । लहान–१३ का ६५ वर्षीय कृषक जगबीर यादव भन्छन्, ‘छ दशकमा यस्तो खडेरी देखिएको थिएन । सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके ।’

पानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अत्यावश्यक रहेको पर्यावरणविद् दिनेश यादवको भनाइ छ । 
 

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १२ : २३ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल