नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक छैन : शंकर पोखरेल « Khabarhub

नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक छैन : शंकर पोखरेल


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको बताएका छन् । 

नवयुग उद्यमशाला कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको सामर्थ्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताए।

नेपालमा व्यापारको सम्भावना देखेर भारत सरकारले नेपालका  सातवटा भन्सार विन्दुमा आफ्नै लगानी रेल ल्याउने प्रस्ताव गरेको उनले सुनाए। नेपालमा व्यापारको प्रचुर सम्झना देखेर नै भरत आफ्नो लगानी गर्न तयार रहेको पोखरेलले बताए।

 ‘नेपालमा असाधारण समार्थ्य छ भन्ने अरूले बुझिसके, छिमेकीहरूले बुझिसके, हामीले हाम्रो सामर्थ्य बुझ्न सकेका छैनौँ’, उनले भने। 

नेपालमा जस्तो उत्पादन गर्न सक्ने प्रकृति अरवियन मुलुकमा हुन्थ्यो भने उनीहरूले के गर्थे भन्दै प्रश्न गरे । ‘हामीले हाम्रो प्रकृतिलाई उपेक्षा गरिरहेका छौँ, हामी नेपालमा त सम्भावना छैन, अवसर नै छैन भनिरहेका छौँ’, उनले भने।

बाहिर जानेहरूले नेपाल चलेकै रेमिट्यान्सले हो भन्ने चर्चा गरेका भए पनि नेपाल आउने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका पोखरेलले बताए । यथार्थमा नेपालीको श्रम र पसिना भारतीय अर्थतन्त्र निर्माणमा खर्च भइरहेको उनको धारणा छ । म बनाउँछु मेरो देश भन्ने भावनाका साथ लाग्ने हो भने नेपाल बनाउन सकिने उनले बताए।

 ‘राज्य र नागरिकका बिचमा गहिरो अन्तरसम्बन्ध र सहकार्य हुँदैन, त्यो देश बन्दैन, देश बनाउने हो भने लोकतन्त्रमा राज्य र नागरिक बिचको सम्बन्ध जीवन्त र सकारात्मक हुनु पर्दछ’, उनले भने। 

जोखिम बहन गर्ने सामर्थ्य निर्माण नगरी देश नबन्ने पनि उनले बताए। देश बनाउन जोखिम मोलेरै काम गर्नुपर्नेमा उनले जोड दिए । परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने पोखरेलले बताए। परम्परागत ढाँचाले मात्र अघि बढ्दा फेरी पनि अभावकै दुष्चक्रमा फस्नु पर्ने उनको धारणा छ । 

लोकतन्त्रमा राज्य बलियो भएन भने देश र नागरिक बलिया नहुने उनले बताए। नागरिकले अधिकार खोज्ने तर कर्तव्य निर्वाह नगर्ने गर्दा राज्य बलियो हुन नसकेको उनले धारणा राखे । 

पोखरेलले जहाँ अभाव छ त्यही विकासको सम्भावना हुने बताए। अभाव र सङ्घर्षले सफलता प्राप्त हुने पोखरेलले सुनाए। आयात– निर्यात मात्र सम्भावना नभएको बताउँदै उनले प्रकृति र त्यसको ब्राण्डिङ विश्व बजारमा नेपालको ठुलो सम्भावना रहेको उनले बताए। 

यसको साथै नेपालसँग सबैभन्दा धेरै काम गर्न सक्ने जनशक्ति भएकाले त्यो नेपालको लागि ठुलो आधार भएको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १२ : ४४ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल