इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना | Khabarhub Khabarhub

इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’ स्थापना गर्ने तयारी गरिरहेको समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।

स्रोतहरूका अनुसार, यस परिषद्को संरचना चाँडै नै अन्तिम रूप दिइनेछ र यसले इरानको रक्षा नीतिसम्बन्धी रणनीतिक कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी पाउनेछ ।

यो निर्णय इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) मा भइरहेका संरचनात्मक सुधारहरू पूरा भए पश्चात् लिइएको हो ।

इरानका सर्वोच्च नेताका सल्लाहकार तथा पूर्व संसद अध्यक्ष अली लारीजानीलाई सम्भावित रूपमा छिट्टै एसएनएससीको नेतृत्व गर्ने गरी नियुक्त गरिने सम्भावना छ भने हालको सचिव अली अकबर अहमदियनले देशका विशेष तथा रणनीतिक मामिलाहरू सम्हाल्ने अपेक्षा गरिएको छ, जसमा उच्चस्तरीय व्यवस्थापन र समन्वय आवश्यक पर्ने विषयहरू पर्दछन् ।

एसएनएससी सम्बन्धित नौर न्यूजले सामाजिक सञ्जाल एक्समा प्रकाशित एक पोस्टमार्फत् जनाएको छ,’आवश्यक तयारी र संरचनात्मक सुधारहरू पश्चात्, केही उच्चस्तरीय सुरक्षा संस्थाहरूमा छिट्टै परिवर्तन हुने सम्भावना बढेको छ ।’
 

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १ : ३६ बजे

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको