इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना « Khabarhub

इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’ स्थापना गर्ने तयारी गरिरहेको समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।

स्रोतहरूका अनुसार, यस परिषद्को संरचना चाँडै नै अन्तिम रूप दिइनेछ र यसले इरानको रक्षा नीतिसम्बन्धी रणनीतिक कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी पाउनेछ ।

यो निर्णय इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) मा भइरहेका संरचनात्मक सुधारहरू पूरा भए पश्चात् लिइएको हो ।

इरानका सर्वोच्च नेताका सल्लाहकार तथा पूर्व संसद अध्यक्ष अली लारीजानीलाई सम्भावित रूपमा छिट्टै एसएनएससीको नेतृत्व गर्ने गरी नियुक्त गरिने सम्भावना छ भने हालको सचिव अली अकबर अहमदियनले देशका विशेष तथा रणनीतिक मामिलाहरू सम्हाल्ने अपेक्षा गरिएको छ, जसमा उच्चस्तरीय व्यवस्थापन र समन्वय आवश्यक पर्ने विषयहरू पर्दछन् ।

एसएनएससी सम्बन्धित नौर न्यूजले सामाजिक सञ्जाल एक्समा प्रकाशित एक पोस्टमार्फत् जनाएको छ,’आवश्यक तयारी र संरचनात्मक सुधारहरू पश्चात्, केही उच्चस्तरीय सुरक्षा संस्थाहरूमा छिट्टै परिवर्तन हुने सम्भावना बढेको छ ।’
 

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १ : ३६ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल