भूमिसम्बन्धी विधेयक फिर्ता लिन मधेशवादी दलहरुको माग « Khabarhub

भूमिसम्बन्धी विधेयक फिर्ता लिन मधेशवादी दलहरुको माग


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले सरकारसँग भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ फिर्ता लिन माग गरेका छन् । 

मधेश लाइब्रेरी एन्ड रिसर्च सेन्टरले शनिबार आलोकनगरमा मधेश संवादको २३ औँ शृङ्खला अन्तगर्त ‘भूमि विधेयकको अन्तर्य’ विषयक अन्तरक्रियामा जसपाका महासचिव रामकुमार शर्मा र राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले विधेयक फिर्ता लिन माग गरेका हुन् । 

अन्तरक्रियामा महासचिव शर्माले जारी गर्नुअघि विधेयकको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए । उनले भूमिसम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको दाबी गर्दै खारेज नै गर्नुपर्नेमा जोड दिए । 

नेता झाले भूमिसम्बन्धी विधेयक तराई–मधेश, नेपाल र विश्वको हितमा नरहेको जिकिर गरे । सुकुम्बासी र भूमिहीनको नाममा जग्गा वितरण गर्ने भनिए पनि भूमाफियाको डिजाइनमा विधेयक ल्याइएको उनको दाबी थियो ।  

मधेशी समुदायलाई मधेशकै भूमिमा अल्पसङ्ख्यक बनाउने षड्यन्त्रअनुसार विधेयक ल्याइएको झाले बताए ।

 ‘अहिले नै तराई–मधेशको भूमिमा खानेपानीको अभाव देखिएको छ,’ झाले भने, ‘यो विधेयक पास भयो भने मधेशको भूमी मरुभूमिमा परिणत भई उजाड हुनेछ । जनजीवन नै संकटमा पर्ने निश्चित छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : २६ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह