भूमिसम्बन्धी विधेयक फिर्ता लिन मधेशवादी दलहरुको माग « Khabarhub

भूमिसम्बन्धी विधेयक फिर्ता लिन मधेशवादी दलहरुको माग


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले सरकारसँग भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ फिर्ता लिन माग गरेका छन् । 

मधेश लाइब्रेरी एन्ड रिसर्च सेन्टरले शनिबार आलोकनगरमा मधेश संवादको २३ औँ शृङ्खला अन्तगर्त ‘भूमि विधेयकको अन्तर्य’ विषयक अन्तरक्रियामा जसपाका महासचिव रामकुमार शर्मा र राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले विधेयक फिर्ता लिन माग गरेका हुन् । 

अन्तरक्रियामा महासचिव शर्माले जारी गर्नुअघि विधेयकको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए । उनले भूमिसम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको दाबी गर्दै खारेज नै गर्नुपर्नेमा जोड दिए । 

नेता झाले भूमिसम्बन्धी विधेयक तराई–मधेश, नेपाल र विश्वको हितमा नरहेको जिकिर गरे । सुकुम्बासी र भूमिहीनको नाममा जग्गा वितरण गर्ने भनिए पनि भूमाफियाको डिजाइनमा विधेयक ल्याइएको उनको दाबी थियो ।  

मधेशी समुदायलाई मधेशकै भूमिमा अल्पसङ्ख्यक बनाउने षड्यन्त्रअनुसार विधेयक ल्याइएको झाले बताए ।

 ‘अहिले नै तराई–मधेशको भूमिमा खानेपानीको अभाव देखिएको छ,’ झाले भने, ‘यो विधेयक पास भयो भने मधेशको भूमी मरुभूमिमा परिणत भई उजाड हुनेछ । जनजीवन नै संकटमा पर्ने निश्चित छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : २६ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि