नेपाल तरुण दल काभ्रेले सुरु गर्‍यो पूर्णकालीन सदस्यताको फाराम वितरण « Khabarhub

नेपाल तरुण दल काभ्रेले सुरु गर्‍यो पूर्णकालीन सदस्यताको फाराम वितरण


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाली कांग्रेसको निकट भातृ संगठन नेपाल तरुण दल काभ्रेले पूर्णकालीन सदस्यताको फाराम वितरण सुरु गरेको छ ।

शनिबार नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाको अध्यक्षतामा नेपाली कांग्रेसको पार्टी कार्यालय बनेपामा बसेको बैठकमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य माननीय तीर्थ लामाको प्रमुख आतिथ्यमा जिल्लाको १३ वटै पालिकाका अध्यक्षहरूलाई पूर्णकालीन सदस्यताको फाराम वितरण सुरु गरेको छ ।

बैठकमा प्रमुख अतिथि नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति लामाले तरुण दल पार्टीको मेरुदण्ड भएकोले तरुण दल बलियो भएको खण्डमा मात्र पार्टी बलियो हुने भएकोले जिल्लाका सबै तरुण युवाहरूलाई समेटेर लैजान निर्देशन दिएका छन् । साथै लामाले तरुण दलको ५ औं महाधिवेशनलाई भव्य र सभ्य बनाउनको लागि शुभकामना समेत दिएका छन । 

त्यस्तै तरुण दल काभ्रेका जिल्ला अध्यक्ष सुजन लामाले संगठनलाई थप मजबुत बनाउँछु भनेर आउन चाहने युवाहरूलाई नछुटाईकन पूर्णकालीन सदस्यता बितरण गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : २८ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल