भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान « Khabarhub

भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले सिरियालाई मानवीय सहाता सामग्री प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले सिरियालाई अत्यावश्यक चिकित्सा सहायता प्रदान गरेको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणजीत जयसवालले यसबारे जानकारी दिएका हुन् । उनले सिरियाली जनतालाई भारतीय मानवीय सहायता जारी रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार भारतले पाँच मेट्रिक टन अत्यावश्यक औषधि सिरियातर्फ पठाएको हो । यसमा क्यान्सर प्रतिरोधि औषधि, एन्टिबायोटिक र एन्टि हाइपरटेन्सिभ औषधि रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतले द्वन्द्वग्रस्त एवम् प्राकृतिक विपदमा फसेका मुलुकहरुलाई मानवीय सहायता प्रदान गर्दै आएको छ । यसअघि भारतले ल्याटिन अमेरिकी मुलुक बोलिभियालाई ३ लाख डोज दादुरा र रुबेला खोप प्रदान गरेको थियो ।

दादुरा र रुबेला रोगको प्रकोप सामना गरिरहेको बोलिभियालाई सहयोगस्वरुप यस्तो खोप प्रदान गरिएको जयसवालले जनाएका छन् । हालै बोलिभियाका विभिन्न स्थानमा दादुराको प्रकोप देखिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : ४९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा