माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने « Khabarhub

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ । आज स्थगित बैठक भोलि ११ बजे बस्नेछ ।

हिजो (साउन १६) देखि सुरु बैठकमा आज १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखेका माओवादी केन्द्रले जानकारी दिएको छ ।

नेतृत्व हस्तान्तरण र कार्यशैलीलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच वाकयुद्ध चलिरहँदा माओवादीको स्थायी समिति बैठक बसिरहेको हो ।

शनिबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल भइरहेको उक्त पार्टीका नेताहरूले बताएका छन्‌ ।

नेताहरूका अनुसार; पछिल्लो समय पार्टीमा चर्किंदै गएको अन्तरविरोध हल गर्ने विषयमा विधि र प्रक्रियाबारे बढी छलफल केन्द्रित हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ६ : १४ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि