सिन्धु नदीमा आएको बाढीले पाकिस्तानमा हजारौँ प्रभावित « Khabarhub

सिन्धु नदीमा आएको बाढीले पाकिस्तानमा हजारौँ प्रभावित


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धु नदीमा आएको बाढीका कारण पाकिस्तानमा हजारौँ प्रभावित भएका छन् । बाढीका पाकिस्तानको विभिन्न स्थानका हजारौँ बासिन्दा प्रभावित भएका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणका अनुसार बाढीले गर्दा मौजा मूर झाँगी, बैत कछेला, पाँज दराएँ, बैत चनार, बैत अशरफ, जर लेघारी र मौजा बलोच खानजस्ता गाउँका बासिन्दा प्रभावित भएका छन् । त्यसैगरी, बाढीले मौजा लोहज, थोरी, समरा झोक खान, बस्ती कान्जो मोहनाजस्ता गाउँ पनि प्रभावित भएको डनले जनाएको छ ।

बाढीले घरसँगै विद्यालय, मस्जिद र अस्पताल पनि बगाएको जनाइएको छ । त्यसबाहेक हजारौँ एकडमा लगाइएको खेतबाली पनि बाढीले बगाएको छ ।

स्थानीय बासिन्दालाई उद्धृत गर्दै डनले जनाएअनुसार कुल ४ सय ५० एकडमध्ये केबल १ सय ७५ एकड जमिनमात्रै बाढीबाट जोगिएको छ । स्थानीयहरुले बाढी प्रभावितलाई राहत प्रदान गर्न पाकिस्तान सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ५६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल