धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन « Khabarhub

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन



सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द पानीभित्रै किरा देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोली धरानमा सक्रिय भएको छ ।

विभागले धरानमा बिना लेबल जारमा पानी बिक्री गर्ने आठ उद्योग र कम्पनीलाई चेतावनी दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले धरानमा बिक्री वितरण हँुदैआएको जारको पानी दूषित पाइएको भन्दै चेतावनी दिएको हो ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै लेबलबिनाका जारमा पानी बेच्ने कम्पनीहरूको अनुगमनमा टोली परिचालन भएको छ ।

धरानमा विभिन्न कम्पनीले जारमा पानी बिक्रीवितरण गर्दै आएको छ । तर, ती कम्पनीहरूले बिक्री गरिरहेका जारका पानी दूषित भएको गुनासो बढिरहेको छ ।

उपभोक्ताले गरेको गुनासो सम्बोधन गर्न अनुगमन गर्दा जार र बोतलबन्द पानी दूषित पाइएको खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीले बताइन् ।

संयुक्त टोलीले धरान छिर्ने मुख्य नाका तीनकुनेमै जारमा पानी बोकेर आएका सवारीसाधन रोकेर अनुगमन गरेको थियो । मोबाइल ल्याबमा परीक्षण गर्दा पानी उत्पादन र बिक्री वितरण गर्ने विभिन्न कम्पनी र उद्योगले उत्पादन गरेको पिउने पानी फोहोर र दूषित पाइएको हो ।

वस्तीका अनुसार पिउने पानी हालिएको जार पनि अति पुरानो र कुचिएको भेटिएपछि ठुलो सङ्ख्यामा नष्ट गरिएको छ । अनुगमन टोलीले तीनकुनेमा विभिन्न आठवटा पानी उद्योग र कम्पनीका १५६ वटा जार नष्ट गरेको हो ।

अनुगमन टोलीले अबदेखि जारमा लेबल लगाएरमात्र बिक्री गर्न निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार इटहरीस्थित गौमुखी गङ्गाजल प्रालिको ५६ वटा पुरानो जार नष्ट गरिएको छ । उक्त कम्पनीलाई लेबल लगाएर सुधार गर्न र ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

आइतबार नै गङ्गाजलको पिउने पानीको सिलप्याक बोतलभित्र किरा भेटिएको थियो । उपभोक्ताले उपलब्ध गराएको उक्त उद्योगको पानीको नमूना पनि सङ्कलन गरेर लगिएको अधिकृत वस्तीले बताइन् ।

इटहरीस्थित जयनेपाल जल उद्योग, दिव्येश्वरी जल उद्योग, पारीजात जल उद्यो, हलेसी एक्वा, कम्पनीलाई पनि लेबल लगाउन र तोकिएको मापदण्डअनुसार जारमा पानी बिक्री गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

अनुगमन टोलीमा सङ्लग्न धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उद्योगी र व्यवसायीहरूलाई दुःख दिन र आतङ्कित पार्न अनुगमन नगरिएको प्रष्ट्याउँदै आम उपभोक्ताको स्वास्थ्यको हितको लागि अनुगमन गरिएको बताए ।

बजारलाई अनुशासित र मर्यादित बनाउन अनुगमन गरेको उल्लेख गर्दै बेघाले भने, ‘हामीले कसैलाई आतङ्कित बनाउन होइन, बजारलाई अनुशासित र मर्यादित बनाउन, उपभोक्तामैत्री बनाउन तथा उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर राखेर सरकारले तय गरेको मापदण्ड कार्यान्वयन गरी पानी बिक्रीविरतण गर्न व्यवसायलाई उत्प्रेरित गर्न अनुगमन र परीक्षण गरिरहेका हौँ ।’

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ११ : २७ बजे

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष