हिले–जलजलेमा कृत्रिम ताल निर्माण « Khabarhub

हिले–जलजलेमा कृत्रिम ताल निर्माण


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ। बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो ।

सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो स्थान पर्यटकीय गन्तव्य बनेको बताए। 

‘पर्यटकीय क्षेत्र बनेपछि टाढाटाढाबाट मानिस आउँछन्, त्यसरी आउनेले यहीँका उत्पादन सागसब्जी र फलफूल बिक्री गरेर आम्दानी लिने बाटो खुल्छ भन्ने आशामा गाउँले छौँ’, उनले भने, ‘सुरुआती अवस्थाले उत्साह थपिएको छ, उद्देश्य नै बहुउद्देश्यीय पर्यटकीय ताल भएकाले सुविधायुक्त बन्नेमा विश्वस्त छु ।’

सोही ठाउँका अर्का स्थानीय बासिन्दा कृष्णप्रसाद दाहालले पर्यटकीय ताल बनेसँगै यहाँबाट बगेको पानीले तलतिर रहेको पाखो खेतबारी सिञ्चित भई उत्पादन वृद्धि हुने आशामा रहेको बताए। 

हिले जलजले पर्यटकीय ताल संरक्षण समितिका संयोजक गोपाल घिमिरेका अनुसार सुरुआती चरणमा ताल निर्माणका लागि बाँधको संरचना निर्माण गरी पानी जमाउने काम भएको छ । बाँध निर्माणसँगै बाँधस्थलमा घेराबार गर्ने र मानिस हिँडडुल गर्न स्टिलको रेलिङ निर्माण गरिएको छ । 

बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पूर्वाधार निर्माणको जिम्मा पाएको विजय-लोटस-तेजस्वी जेभीले २०८० साल मङ्सिरदेखि काम थालनी गरी हाल अन्तिम चरणमा पुर्‍याएको छ ।

पहिलो चरणमा बाँध निर्माणका लागि निर्माण कम्पनीले पाँच करोड ८७ लाख लागतमा काम सम्पन्न गरेको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार सो तालमा डुङ्गा सञ्चालन गर्ने र आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यान निर्माण गर्ने योजना छ ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब १७ करोड लागतमा यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने उल्लेख छ ।
 
 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १२ : ५४ बजे

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी