चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि « Khabarhub

चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले चक्रपथको कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको मुख्य खण्ड विस्तार आगामी असोजदेखि सुरु गर्ने जनाएको छ ।

अनुदानकर्ता चीनले डिजाइनको अन्तिम स्वीकृति दिएपश्चात् टेन्डर प्रक्रियामा प्रवेश गर्ने तयारी भइरहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका हुन् ।

‘चिनियाँ सर्वेक्षण टोलीसँग भएको छलफल अनुसार अहिले सर्भे सकिएर विस्तृत डिजाइनमा काम भइरहेको छ, करिब एक महिनामा डिजाइन पूरा हुन्छ र आगामी अक्टोबरभित्र चीनमा अन्तिम स्वीकृति लिएर टेन्डर प्रक्रियामा प्रवेश गर्ने तयारी छ’, झाले खबरहबलाई बताए ।

चिनियाँ प्राविधिक टोलीले तयार पारेको डिजाइनअनुसार ८.२ किलोमिटर लम्बाइको उक्त खण्ड निर्माण निम्ति सरकारले वि.सं. २०७५ सालमै सम्झौता गरेको थियो ।

उक्त खण्डको सडक छेउको सर्भिस लेन निर्माणको जिम्मा भने नेपाल सरकारको हो । सात वर्षदेखि निर्माणधीन उक्त लेनको हालसम्म ५० प्रतिशतजति काम भएको झा बताउँछन् ।

उनले भने, ‘सडकको क्षेत्राधिकारभित्र पूर्वाधार संरचना राखेका अन्तसरकारी निकायबीच उचित समन्वय हुन नसक्दा काममा केही ढिलाइ भयो । सर्भिस लेनको ५० प्रतिशत सडक कालोपत्रे भइसक्यो, कालोपत्रे हुन बाँकी सडकमध्ये २० प्रतिशत सडक तयार छ, बर्खाका कारण काम रोकिएको हो ।’

यस खण्डका लागि गत आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन भएकोमा यसवर्ष १० करोड मात्रै आएको तथा बाँकी कामका लागि अझै करिब १५ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको झाले बताए ।

आठ लेनमा निर्माण गरिने यो सडकमा चारवटा आकाशे पुलसहित माछापोखरीमा ओभरपास निर्माण गरिने चक्रपथ सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले बताए ।

उनका अनुसार जम्मा ३८.५ मिटर चौडाइमा सडक छेउमा २.७५ मिटर फुटपाथ, दुईतर्फी चारलेन सडक, दुईतिर सर्भिस लेन र सडकको बीचमा बोटबिरुवा रोप्ने तथा बिजुली र इन्टरनेटका तार व्यवस्थापन गर्न तीन मिटर राखिनेछ ।

कलङ्कीस्थित स्युचाटारमा १६ मिटर र विष्णुमती खोलामाथि ६४ मिटर लम्बाइको पुल निर्माण हुनेगरी डिजाइन तयार भएको छ ।

चक्रपथ विस्तारको पहिलो चरणम चीनले वि.सं. २०६९ मा सुरु गरी २०७५ सालमा कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर सडकखण्ड सम्पन्न गरेको थियो ।

यो पनि –

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : ३८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते