कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै | Khabarhub Khabarhub

कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चक्रपथको कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर सडकखण्ड विस्तार भएको सात वर्ष नाघिसकेको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको आठ लेन फराकिलो सडक सञ्चालनपछि घण्टौँ जाममा बस्नुपर्ने समस्या पनि धेरै हदसम्म टरेको छ ।

तर, के तपाईँलाई थाहा छ ? यस सडकको छेउबाट अन्य गल्ली प्रवेशका लागि निर्माण गर्नुपर्ने (सर्भिस लेन) भने हालसम्म पनि अधुरै छ ।

मुख्य सडक चीनले अनुदानमा विस्तार गरिदिए पनि छेउछाउको सर्भिस लेन बनाउने जिम्मा नेपाल सरकारकै हो । तर, निर्माण सुरु भएको १३ वर्ष र मुख्य सडक सम्पन्न भएको सात वर्ष बितिसक्दा सो खण्डमा सर्भिस लेन बनिसकेको छैन ।

यो अन्योलको मुख्य कारण हो – प्राविधिक समस्या, सार्वजनिक अवरोध र अदालती आदेश !

वि.सं. २०७५ पुस २४ गते चीन सरकारले हस्तान्तरण गरेको उक्त खण्डको तीन ठाउँमा समस्या भइरहेको काठमाडौँ चक्रपथ सुधार आयोजना प्रमुख कृष्णनाथ ओझा बताउँछन् ।

‘सर्भिस लेन निर्माणमा सुरुदेखि नै कोटेश्वर–बालकुमारी, सातदोबाटो–एकान्तकुना तथा बल्खु–खसीबजार खण्डमा ठूलो विवाद देखियो । जग्गाधनीलाई सहमतिमा ल्याउन नसक्दा आयोजना अझै पूर्ण भएको छैन’, ओझाले भने ।

बल्खु–खसी बजार खण्डमा झन्डै एक हजार २०० मिटरमध्ये ५०० मिटरमा ठेक्का सम्झौता भइसकेको छ । बाँकी काम जग्गा विवादले अघि बढ्न सकेको छैन ।

यस्तै, कोटेश्वर–बालकुमारी खण्डमा जमिनको सतह २५ मिटरसम्मको फरक भएकाले पुल निमार्ण गरिने तयारी छ । पुलको डिजाइन तयार भए पनि स्थानीयको अवरोध र खरिद प्रक्रियामा स्वीकृति नपाएको कारण काम रोकिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

सातदोबाटो–एकान्तकुना खण्डमा पनि ४०० मिटर सर्भिस लेन निर्माणको काम रोकिएको उनले बताए ।

‘जग्गाधनीले मुआब्जा माग गर्दै अदालत पुगेपछि मुद्दा विचाराधीन रहेकाले अहिले त्यहाँको काम रोकिएको छ’, झाले बताए ।

यस्तै उक्तखण्ड सम्पन्न भइसकेपछि जनस्तरबाट सडक पार गर्ने जेब्राक्रस, ओभरपास लगायतका संरचना नबनाएको भन्दै चर्को विरोध भएको थियो । त्यसपश्चात् सरकारले यात्रुहरूको सुविधाको लागि १० वटा आकाशे पुल, पुलबाट प्रत्येक २५० मिटरको दूरीमा जेब्रा क्रसिङ लगायतका संरचना निर्माण गर्ने योजना अघि बढाएको थियो ।

कोटेश्वर, बागडोल र ग्वार्कोमा तीनवटा पुल चीन सरकार र बाँकी सात वटा पुल नेपाल सरकारले बनाउने भनिएको थियो । जसमध्ये अझै तीनवटा पुल निर्माणाधीन रहेको ओझा बताउँछन् ।

उनले थपे ‘बल्खु, महालक्ष्मीस्थान, र सानेपामा बन्दै गरेका तीनवटा पुलको माथिल्लो भाग बन्न बाँकी छ, चीनले ग्वार्को, बागडोल र कोटेश्वरमा निमार्ण गरेको थियो, जेब्राक्रस सोही समयमा बन्यो, भने ग्वार्कोमा थप ओभर पास निर्माण गरियो त्यो सञ्चालनमा छ ।’

चक्रपथ परिक्रममााको कूल लम्बाइ २६ दशमलव ८ किलोमिटर छ । यसको प्रारम्भिक योजना २०२७ सालदेखि नै सुरु भएको थियो ।

यो पनि –

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : ३५ बजे

सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- तपाईँहरू लगानी गर्न तयार हुनुस्, वातावरण हामी बनाउँछौ

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकार प्रदेशको समृद्धिका

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङ– जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६

नदीमा बगेर एक जना बेपत्ता

दोधारा चाँदनी– कञ्चनपुरको बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना

पीडित बचतकर्ताले चलाउन खोजेको सूर्यदर्शन सहकारीको घरै लिलाम !

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँदेखि योजनाबद्ध रूपमा बिछ्याइएको सहकारी ठगीको

नतिजा आउने गरी काम गर्न मन्त्री भण्डारीको निर्देशन

बैतडी– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षाकृत नतिजा आउने