कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै « Khabarhub

कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चक्रपथको कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर सडकखण्ड विस्तार भएको सात वर्ष नाघिसकेको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको आठ लेन फराकिलो सडक सञ्चालनपछि घण्टौँ जाममा बस्नुपर्ने समस्या पनि धेरै हदसम्म टरेको छ ।

तर, के तपाईँलाई थाहा छ ? यस सडकको छेउबाट अन्य गल्ली प्रवेशका लागि निर्माण गर्नुपर्ने (सर्भिस लेन) भने हालसम्म पनि अधुरै छ ।

मुख्य सडक चीनले अनुदानमा विस्तार गरिदिए पनि छेउछाउको सर्भिस लेन बनाउने जिम्मा नेपाल सरकारकै हो । तर, निर्माण सुरु भएको १३ वर्ष र मुख्य सडक सम्पन्न भएको सात वर्ष बितिसक्दा सो खण्डमा सर्भिस लेन बनिसकेको छैन ।

यो अन्योलको मुख्य कारण हो – प्राविधिक समस्या, सार्वजनिक अवरोध र अदालती आदेश !

वि.सं. २०७५ पुस २४ गते चीन सरकारले हस्तान्तरण गरेको उक्त खण्डको तीन ठाउँमा समस्या भइरहेको काठमाडौँ चक्रपथ सुधार आयोजना प्रमुख कृष्णनाथ ओझा बताउँछन् ।

‘सर्भिस लेन निर्माणमा सुरुदेखि नै कोटेश्वर–बालकुमारी, सातदोबाटो–एकान्तकुना तथा बल्खु–खसीबजार खण्डमा ठूलो विवाद देखियो । जग्गाधनीलाई सहमतिमा ल्याउन नसक्दा आयोजना अझै पूर्ण भएको छैन’, ओझाले भने ।

बल्खु–खसी बजार खण्डमा झन्डै एक हजार २०० मिटरमध्ये ५०० मिटरमा ठेक्का सम्झौता भइसकेको छ । बाँकी काम जग्गा विवादले अघि बढ्न सकेको छैन ।

यस्तै, कोटेश्वर–बालकुमारी खण्डमा जमिनको सतह २५ मिटरसम्मको फरक भएकाले पुल निमार्ण गरिने तयारी छ । पुलको डिजाइन तयार भए पनि स्थानीयको अवरोध र खरिद प्रक्रियामा स्वीकृति नपाएको कारण काम रोकिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

सातदोबाटो–एकान्तकुना खण्डमा पनि ४०० मिटर सर्भिस लेन निर्माणको काम रोकिएको उनले बताए ।

‘जग्गाधनीले मुआब्जा माग गर्दै अदालत पुगेपछि मुद्दा विचाराधीन रहेकाले अहिले त्यहाँको काम रोकिएको छ’, झाले बताए ।

यस्तै उक्तखण्ड सम्पन्न भइसकेपछि जनस्तरबाट सडक पार गर्ने जेब्राक्रस, ओभरपास लगायतका संरचना नबनाएको भन्दै चर्को विरोध भएको थियो । त्यसपश्चात् सरकारले यात्रुहरूको सुविधाको लागि १० वटा आकाशे पुल, पुलबाट प्रत्येक २५० मिटरको दूरीमा जेब्रा क्रसिङ लगायतका संरचना निर्माण गर्ने योजना अघि बढाएको थियो ।

कोटेश्वर, बागडोल र ग्वार्कोमा तीनवटा पुल चीन सरकार र बाँकी सात वटा पुल नेपाल सरकारले बनाउने भनिएको थियो । जसमध्ये अझै तीनवटा पुल निर्माणाधीन रहेको ओझा बताउँछन् ।

उनले थपे ‘बल्खु, महालक्ष्मीस्थान, र सानेपामा बन्दै गरेका तीनवटा पुलको माथिल्लो भाग बन्न बाँकी छ, चीनले ग्वार्को, बागडोल र कोटेश्वरमा निमार्ण गरेको थियो, जेब्राक्रस सोही समयमा बन्यो, भने ग्वार्कोमा थप ओभर पास निर्माण गरियो त्यो सञ्चालनमा छ ।’

चक्रपथ परिक्रममााको कूल लम्बाइ २६ दशमलव ८ किलोमिटर छ । यसको प्रारम्भिक योजना २०२७ सालदेखि नै सुरु भएको थियो ।

यो पनि –

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : ३५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते