पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी « Khabarhub

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका छन् । बिदामा गएका कर्मचारी पनि काममा फर्कन थालेका छन् । 

गत वर्ष पर्यटक नआउँदा खिन्न सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवाल यो वर्ष पर्यटक आउनेमा आफू आशावादी रहेको बताउनुहुन्छ । 

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा नै व्यस्त छन्। क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरे आफूजस्तै अन्य व्यवसायी सरसफाइमा जुटेका बताउँछन्। 

रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टुरेन्ट छन् । ती सबै पर्यटकको प्रतीक्षामा छन् । यो वर्ष पर्यटक आगमन गत वर्षको भन्दा अधिक हुने अपेक्षासहित आफूहरू तयारीमा जुटेको उनले बताए। सौराहामा एक सय २० भन्दा बढी होटल छन् । ती होटलमा आठ हजार हाराहारी कोठा छन् । 

क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डे हाल सौराहामा नगन्य पर्यटक छन् । आगामी महिना पर्यटक बढ्नेमा उनी विश्वस्त छन्। 

जङ्गल सफारीका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा भएकाले स्वदेशी र विदेशी पर्यटकको आगमनको प्रतीक्षामा रहेका व्यवसायी  धामाधम भौतिक पूर्वाधार पनि निर्माण गरिरहेका छन् । 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ११ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क