‘प्रधानसेनापति ट्रफी २०८२’ आजदेखि सुरु « Khabarhub

‘प्रधानसेनापति ट्रफी २०८२’ आजदेखि सुरु


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा यस वर्षको ‘प्रधानसेनापति ट्रफी’ प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्‌घाटन गरे । प्रतियोगिता उद्घाटनका अवसरमा प्रतियोगितामा सहभागी सबै टोलीका खेलाडीद्वारा मार्चपास गरियो । 

उद्घाटन खेलका रूपमा पुरुषतर्फ एक हजार ५०० मिटर र महिलातर्फ ८०० मिटर दौड आयोजना गरियो। यसमा पुरुषतर्फ सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पालले यसअघि सङ्गठनका नाममा कायम रहेको रेर्कड तोड्दै तीन मिनेट ५४।०२ मा दूरी पार गरी प्रथम भए। त्यसैगरी मध्यपृतनाका लोकेन्द्र बोहोरा दोस्रो र विशेषफोज बाहिनीका अक्कलबहादुर पाल तेस्रो घोषित भए ।

महिलातर्फको ८०० मिटर दौड प्रतियोगितामा १३ नं बाहिनाका अनिषा विश्वकर्मा प्रथम, १६ नं बाहिनीका सरस्वती भट्टराई द्वितीय र मध्यपूर्वी पृतनाका बालिका श्रेष्ठ तृतीय भए । सोही समारोहमा विजयी प्रतियोगिता प्रधानसेनापति सिग्देलले पुरस्कार प्रदान गरे।

आगामी असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिवल, बास्केटबल, फुटबल र जुडो खेल समावेश गरिएका छन् । प्रतियोगितामा आठ वटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा हुनेछ ।

 प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौँडामा हुनेछन् । 

विसं २०६५ देखि शुभारम्भ भएको प्रतियोगिताले उत्कृष्ट खेल प्रतिभाको पहिचान, प्रवर्द्धन र प्रोत्साहन गर्दै खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको झण्डा फहराएर नेपाल र नेपालीको गौरव उच्च बनाइरहेको सेनाले जनाएको छ । 

विश्वस्तरीय तथा ओलम्पिक प्रतियोगितामा समेत सेनासँग आबद्ध २६ खेलाडी सहभागी भई सफलता प्राप्त गर्नुमा पनि यस्ता प्रतियोगिताको महत्त्वपूर्ण योगदान रहेको सेनाले जनाएको छ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक धु्रवप्रकाश शाहले त्रिभुवन आर्मी क्लब स्थापनाको उद्देश्य र सैनिक खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुर्‍याएको योगदान र पछिल्लो समय प्राप्त गरेको सफलता एवं पदकसम्बन्धी विवरण प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ५१ बजे

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड